बाग्दुला-भिमगिठे सडक टेण्डरको चरणमा : सांसद पौडेल

लोकेन्द्र सुनार । प्यूठान जागरण डटकम
साउन, ३ । निकै चर्चामा रहेको बाग्दुला–भिमगिठे सडकको वातावरणीय परीक्षण प्रतिवेदन २०७९ साउन ३ गते स्वीकृत भएको छ । २०७६ भदौ ३१ गते भौतिक योजना मन्त्रालयबाट गएको फाइल वन तथा भूसंरक्षण विभाग बबरमहलमा रोकिएको प्रतिनिधि सभा सांसद दुर्गा पौडेलले बताउनु भएको छ ।
सडकको डीपीआर भारतको एक्जीम बैंकमा गएर करिब एक वर्ष रोकियो लगातार ताकेता गर्दा पनि ढिलाइ हुन गएकोमा यसै हप्ता वन तथा भूसंरक्षण विभागले वातावरणीय प्रभाव मूल्यांकन फाइल स्वीकृत गरी भौतिक योजना मन्त्रालयमा पठाएको सासंद दुर्गा पौडेलले आफ्नो फेसबुक मार्फत सार्बजनिक गर्नुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वातावरण परीक्षणको प्रतिवेदन स्वीकृत गरी सडक टेण्डरको चरणमा अघि बढाएको उल्लेख गर्नु भएको हो । उहाँले सडक विभाग हुँदै सडक सुधार तथा विकास आयोजना निर्देशनालय जाने र बाटो निर्माणका लागि बोलपत्र आह्वान हुने बताउनु भएको छ । सो प्रकृया अगाडी बढेसंगै अब फाइलहरू रोकिनुपर्ने ठाउँ नभएको बताउनु भएको छ ।
सडक टेण्डर प्रकृया बारे प्यूठानबाट निर्वाचित प्रतिनिधि सभा सासंद दुर्गा पौडेलले आफ्नो फेसबुक स्टाटसमा लेखेको यहाँ हेर्नुहोस ।