२०७९, ४ श्रावण बुधबार १३:४९

समुदायमा प्रहरी साझेदारी कार्यक्रम मल्लरानीमा सुरु गरिने

लोकेन्द्र सुनार । प्यूठान जागरण डटकम
साउन ४ । समुदायमा प्रहरी साझेदारी कार्यक्रम मल्लरानी गाउँपालिकामा संचालन गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खडकाको अध्यक्षतामा बसेको सर्बपक्षिय बैठकले समिति निमार्ण गरेको छ । कृष्ण बहादुर खडकाको संयोजकत्वमा पालिका स्तरीय प्रहरी साझेदारी कार्यक्रमको १५ सदस्य रहेको समिति निर्माण भएको समितिका सहसचिव प्रहरी निरिक्षक लालबहादुर बिकले जानकारी दिनुभयो ।

बुधबार जिल्ला तथा स्थानीय तहका सरोकारवाला व्यक्तिसंग भएको छलफलले प्रथम चरणमा बाल विबाह, आत्महत्या सम्बन्धी जनचेनतना, लागुऔषध, जाड रक्सी लगायतका समस्यामा सन्देश मुलक कार्यक्रम, छलफल, संबाद, बिद्यालय, समुदाय, गाउँस्तरमा गरिने जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक लालबहादुर बिकले जानकारी दिनुभयो ।

समितिले आगामी दिनमा लैङ्गिक हिंसा, लागु औषध, मध्यपान, जातिय छुवाछुत, बालबिवाह, आत्महत्या, ट्राफिक सचेतना, लगायत बिषयमा सडक नाटक, संबाद, छलफल गरी अगाडी बढ्ने योजना बनाएको छ । नेपाल प्रहरी र स्थानीय तह, समुदाय र बिद्यालयको सहभागीतमा सयुक्त कार्यक्रम निमार्ण गरी समाजलाई सकारात्मक दिशातर्फ लैजान सन्देश मुलमक कार्यक्रम गर्ने समुदायमा साझेदारी कार्यक्रमको मुख्य उद्धेश्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *