झिमरुकमा हाम फालेकी सार्कीको मृत्यु

लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
साउन ४ । झिमरुक गाउँपालिकाको ढाडा खोलामा एक जना महिलाको शब भेटिएको छ । झिमरुक गाउँपालिका ८ गब्दीकी श्याम कुमारी सार्की बालिको शब रहेको स्थानीय समिर सामतले जानकारी दिनुभयो ।
श्यामकुमारी सार्की बिरामी भएर उपचारको लागी धामिकोमा टिमुरचौर तर्फ जादै गर्दा श्रीमान झक ब सार्की संगै रहेकी श्रीमति एक्कासी खोलामा हाम फालेरको उनका श्रीमानले बताएको स्थानीय समिर सामातले जानकारी दिनुभयो । फाम फालेकी श्रीमतिलाई बचाउन श्रीमानले कोशीस गरे पनि बचाउन नसकेको मृत्तकका श्रीमान झक बहादुर सार्कीले बताउनु भएको छ ।
करिब ४५ बर्षको सामत बुधबार दिउसो ३ बजे झिमरुक नदिमा हाल फालेको आफुलाई जानकारीमा आएको झिमरुक गाउँपालिका ८ का वडा अध्यक्ष तुलस बहादुर बस्नेतले बताउनु भयो ।