२०७९, ५ श्रावण बिहीबार १७:२४

रोकिएको काम सुचारु गर्न घिसीङलाई पोख्रेलको माग

लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
साउन ५ । प्यूठान नगरपालिकाका ८ दम्तीमा रहेको बिद्युत सवस्टेशनको काम अलपत्र भएको भन्दै झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले नेपाल बिद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई भेटगरी ध्यानाकषर्ण गराउनु भएको छ ।

बिद्युत ट्रासमिशनलाईन निमार्ण कम्पनीले समयमा काम नगर्दा नेपाल बिद्युत प्राधिकरणको १४ करोड भन्दा बढी लगानी भएको आयोजना अलपत्र भएको पोख्रेलले जानकारी गराउनु भएको छ । आयोजना अलपत्र हुँदा प्यूठान, रोल्पा र अर्घाखाची जिल्लामा यसको प्रभाव परेको उल्लेख गदै पोख्रेलले हरेक बर्ष करिब ५ करोड भन्दा बढी बिद्युतका उपकरण क्षति भई उपभोक्ता मारमा परेको घिसिङलाई बताउनु भएको थियो ।

निर्माण कम्पनीलाई रोकिएको काम चाडै गर्न पहल गरी सवस्टेशन संचालन गराउन झिमरुक गाउँपालिकाका उपाध्यक्ष तथा प्यूठान उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रमोद पोख्रेलले दिएको निबेदनमा माग गर्नु भएको छ । आयोजना सम्पन्न भइ सुचारु भएमा प्यूठान, अघाँखाची र रोल्पा जिल्लाका उपभोक्तालाई बिद्युतमा धेरै राहात हुने स्थानीयले बताएका छन् ।

बिद्युत सवस्टेशन सम्पन्न गराउन जिल्लामा केही कुरा उठेता पनि सुनुवाई नभएको जिल्लाबासीले बताएका छन । केन्द्रमा कार्यकारी अधिकृतलाई जानकारी गराएको हुँदा आयोजनाले छिटै काम कार्वाही अगाढी बढ्ने पोख्रेलले प्यूठान जागरण डटकमलाई जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *