राजमो द्वारा जनप्रतिनिधिलाइ प्रशिक्षण
लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
साउन, ५ । राष्ट्रिय जनमोर्चा प्युठानले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई १ दिने प्रशिक्षण दिएको छ । स्थानीय तहमा जनतालाई सहज तथा सर्बपक्षिय कसरी गराउन सकिन्छ भनी प्रशिक्षणको आयोजना गरिएको राष्ट्रिय जनमोर्चा प्यूठानका सचिव बिदुर मल्लले बताउनु भएको छ ।
बिहिवार खलंगामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चा लुम्बिनि प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले आफ्नो पार्टीले चुनावमा ईमानदार पुर्वक लागेको तर गठबन्धमा केही स्थानीय तहमा धोका भएको बताउनु भएको थियो । समग्र स्थिति हेर्दा हामी सन्तोकजनक अबस्थामा छौ खत्रीले भन्नुभयो । जनताको मत द्वारा निर्वाचित भएका जनप्रतिनिधिहरु ईमानदार तरिकाले पार्टीको नीति अनुसार काम गर्न खत्रीले प्रशिक्षणमा सुझाव दिनुभएको थियो ।
यस्तै राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले प्रशिक्षणात्मक मन्तब्य राख्दै जनतालाई केन्द्र बिन्दुमा राखी कार्य सम्पादन गर्न सुझाव दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता राजमो प्युठानका सचिव बिदुर मल्लले गर्नु भएको थियो भने राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमको स्वागत मन्तव्य राजमो जिल्ला सदस्य सरिता जिसीले गर्नु भएको थियो । कार्यक्रमको संचालन पाटीका जिल्ला सहसचिव लाल बहादुर रावतले गर्नु भएको राष्ट्रिय जनमोर्चा प्यूठानले जनाएको छ ।