प्यूठानमा सम्बन्ध बिच्छेदका मुद्वा बढी
लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
साउन १२ । आर्थिक बर्ष २०७८।७९ को तथ्याङ्क अनुसार प्यूठानमा बढी सम्बन्ध बिच्छेदका मुद्वा परेको जिल्ला अदालत प्यूठानले जनाएको छ । एक आर्थिक बर्षमा ६ सय २ मुद्वा आउदा सम्बन्ध बिच्छेद तर्फ २ सय ४२ दर्ता भएकोमा आ.ब ७८।७९ मा २ सय १२ सम्बन्ध बिच्छेदका मुद्वा फछ्यौट भएका छन ।
सम्बन्ध बिच्छेदका ३० वटा हेर्न बाकी रहेको जिल्ला अदालत प्यूठानका श्रेतेदार बिरेन्द्रप्रकार खड्काले बताउनु भयो ।गरिबी, अशिक्षा लगायतका कारणले सम्बन्ध बिच्छेदका घटना बढी आउने गरेको जिल्ला अदालत प्यूठानले जानकारी दिएको छ । परेका मुद्वा बिवरण हेर्दा सम्बन्ध बिच्छेद मात्रै ४० प्रतिशत रहेको देखिएको छ । सम्बन्ध बिच्छेदको मुद्वा फछ्यौट हुन करिब १ बर्ष सम्म लाग्ने कानूनी प्रकृया रहेको छ ।