२०७९, २ आश्विन आईतवार १८:११

प्यूठानमा पनि मनाइयो परिवार नियोजन दिवश

प्यूठान जागरण डटकम
असोज २ । बागेश्वरी असल शासन क्लव बास नेपाल जिल्ला शाखा प्यूठानको आयोजनामा परिवार नियोजन दिवश कार्यक्रम सम्पन्न भएको छ । उक्त दिवशको कार्यक्रमलाई सम्बोधन गदै जिल्ला समन्वय समिति प्यूठानका समन्वय प्रमुख धरम बहादुर जिसीले स्वास्थ्य जस्तो संबेदनशिल कुरामा पैरबी हुन आबस्यक भएको बताउनु भएको छ । परिवार नियोजन कार्यक्रम बारे सबैमा जनचेतना जगाउनु पर्ने प्रमुख जिसीले बताउनु भएको हो ।

यस्तै कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खडकाले परिवार देखी मानिसले अन्य कुरामा व्यवस्थापन गर्न पर्ने बताउनु भएको थियो । परिवार नियोजन गर्ने कुरामा मानिसहरु खुलेर अहिले पनि नदेखीने खडकाले बताउनु भएको थियो ।

महिलाको परिवार नियोजन मात्रै नभई मातृु स्वास्थ्य शिक्षामा पनि सबैको ध्यान जान जरुरी रहेको प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनु भएको थियो । कार्यक्रममा प्रजिअ नेपालले परिवार नियोजन दिवश मनाइरहदा व्यवहारमा परिवर्तनको खाचो भएको कुरा उल्लेख गर्नु भएको थियो ।

साथै दिबशको अबसरमा माबि स्तरीय हाजिरी जवाफ प्रतियोगीता कार्यक्रम गरिएको थियो । प्रतियोगीतामा प्रथम भानुभक्त माबि बर्वोट, द्धितिय मल्लरानी इङलिस बोर्डिङ स्कुल खंलगा, त्रितिय सारधा माबि चौरपानी भएका छन ।स्वास्थ्य कार्यालय प्यूठानका परिवार नियोजन फोकल प्रर्सन रिता न्यौपाने परिवार नियोजन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

दिबश कार्यक्रममा सिदार्थ सामाजिक बिकास केन्द्र, यूएन एफ पिए र मल्लरानी गाउँपालिकाको सहकार्यमा भएको थियो । महेन्द्र माबि खंलगाबाट विभिन्न प्लेकाड सहित ¥याली निकाली जिल्ला समन्वय समितिको सभाहलमा गई सुरु भएको कार्यक्रमको अध्यक्षता बास नेपाल प्यूठानका अध्यक्ष जुमान सिह केसीको रहेको थियो भने स्वागत मन्तव्य बासका जिल्ला सहसचिव लोकेन्द्र सुनारले गर्नु भएको कार्यक्रमको संचालन बास प्यूठानका सुजल श्रेष्ठको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *