२०७९, २ आश्विन आईतवार १९:०३

संविधान दिवशको अबसरमा सरसफाई कार्यक्रम

लोकेन्द्र सुनार÷प्यूठान जागरण डटकम
असोज २ । संबिधान दिवशको अबसरमा प्यूठानमा ३ दिवशीय कार्यक्रम अन्र्तरगत खंलगामा आइतबार सरसफाई कार्यक्रम गरिएको छ । टुडिखेल देखी सुरु भएको सरसफाई कार्यक्रम मल्लरानी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय अगाडी पाटीचोक, तेस्रोगल्ली, महेन्द्र माबि हुदै जिल्ला समन्वय समितिमा गई समापन भएको थियो ।

जिल्ला समन्वय समिति प्यूठान, मल्लरानी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय प्यूठानको सयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीले स्थानिय तह र कार्यालयले सरसफाईमा प्राथमिकता दिनुपर्ने बताउनु भएको हो । सरसफाई मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले निरन्तर सरसफाई गर्नुपर्ने बताउनु भएको छ ।

एउटा कार्यालय संस्थाले मात्र नभई सबै समाजका नागरिक आफ्नो ठाँउबाट सरसफाईमा जुट्न सकेमा मानिसलाई विभिन्न रोगबाट बचाउन सकिने प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनु भएको छ । संबिधान दिबशको उपलक्ष्यमा ३ दिनको कार्यक्रम तय गरि पहिलो दिनमा सरसफाई कार्यक्रम आयोजना भएको उहाँले बताउनु भएको थियो ।

सरसफाई मानिसका लागी महत्वपूर्ण भएकाले संविधान दिवशको अबसरमा खंलगामा सरसफाई कार्यक्रम आयोजना गरिएको मल्लरानी गाउँपलिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले बताउनु भएको छ । घर, समाज, टोलमा स्थानीयबासी सरसफाई गर्न लाग्नुपर्नेमा उहाँले बताउनु भएको थियो ।

सोमबार जिल्लामा दिवशको अबसरमा शुभकामना आदान प्रदान र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानको सहकार्यमा रक्तदान कार्यक्रम गरिने सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनीले बताउनु भएको छ । यस्तै मंंगलबार प्यूठान अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरिने कार्यक्रम तय गरिएको सोनीले जानकारी दिनुभयो ।

यस्तै जिल्ला प्रहरी कार्यालय प्यूठानले सरसफाई कार्यक्रम मार्फत आत्महत्या रोकथाम सम्बन्धी चेतनामूलक कार्यक्रम संगै गरेको छ । प्यूठानमा पछिल्लो समय आत्महत्याको दर निकै बढेको जिल्ला प्रहरी कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक लाल बहादुर बिकले बताउनु भएको छ । यस्ता कार्यक्रम मार्फत जनचेतना जगाउन सकेमा नियन्त्रण गर्न सजिलो हुने उहाँको बिश्वास छ । नेपाल प्रहरीले देशव्यापी रुपमा जनचेतना जगाउनका लागी कार्यक्रम गरि रहेको बिकले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *