२०७९, ४ आश्विन मंगलवार ०९:१०

संबिधानको पूर्ण कार्यान्वय हुन आबस्यक

लोकेन्द्र सुनार÷प्यूठान जागरण डटकम
असोज ३, । संबिधान दिवशको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने अधिकाशं बक्ताहरुले संबिधानको पूर्ण कार्यान्वयन हुन आबस्यक रहेको बताएका छन । नेपालको संबिधान नेपाली जनताको ठूलो मेहनतले बनाएको हुँदा संबिधानको मर्मभावना अनुसार कार्यान्वयमा धेरै ध्यान दिनुपर्ने बताएका हुन ।

जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले जनताका प्रतिनिधि जनप्रतिनिधि भएकाले संबिधानको सही कार्यान्वय गराउन पहल गर्नुपर्ने बताउनु भएको थियो । सोमबार जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा जिसीले नेपालको संबिधान अत्यन्तै राम्रो भएको बताउनु भएको थियो ।

कार्यक्रममा प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले संबिधान मनाउदै गर्दा बर्ष भरी गरेका कामहरुको समिक्षा गर्न पनि जरुरी भएको उल्लेख गर्नुभएको छ । संबिधानमा विभिन्न हक अधिकारको व्यवस्था भएको हुँदा संबिधानको अक्षरस कार्यान्वय हुन आबस्यक रहेको औल्याउनु भएको थियो । राष्ट्रसेवक कर्मचारीहरु आफ्नो क्षेत्रमा अनुशासित भएर काम गर्न निर्देशन पनि दिनुभएको थियो ।

मल्लरानि गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले संबिधानमा तिन तहको सरकारको व्यवस्था भएकाले यो संबिधान उत्कृष्ठ भएको दाबी गर्नु भएको थियो । संबिधानमा समाबेशीताको सिद्धान्त अंगिकार गरेको हुँदा सबैको हक अधिकार समाबेश भएको बताउनु भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले प्राप्त उपलब्धलिाई आत्मसात गरी कार्यान्वयन गर्दै थप उपलब्धिको लागी आगामी दिनमा अगाडी बढ्नु पर्ने बताएका थिए । यसै बिच संबिधान दिवशको अबसरमा रक्तदान कार्यक्रम पनि गरिएको थियो भने जिल्ला प्रशासन कार्यालयमा साझ दिपावली समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *