२०७९, ४ आश्विन मंगलवार १८:५५

प्यूठान अस्पतालका बिरामीलाई फलफुल बितरण

प्यूठान जागरण डटकम
असोज ४ । संबिधान दिवशको अबसरमा मंगलबार प्यूठान अस्पतालका बिरामीलाई फलफुल बितरण गरीएको छ । जिल्ला अस्पतालका ३५ जना बिरामीलाई फलफुल बितरण गरीएको जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले बताउनु भयो ।

संबिधान दिवशको अबसरमा तय गरिएको कार्यक्रम अन्र्तरगत प्यूठान नगरपालिका संग सहकार्य गरी कार्यक्रम गरिएको हो ।

प्यूठान अस्पतालका बिरामीलाई फलफुल बितरण गदै जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीले नेपाली जनताले चाहे जस्तो नेपालको संबिधान २०७२ बनेको कुरा स्मरण गराउदै संबिधानको पूर्ण कार्यान्वयमा सबैपक्षले जोड दिनुपर्ने बताउनु भएको थियो ।

यसैबिच

जिल्ला समन्वय समिति प्यूठानको आयोजनामा मंगलबार भएको एक कार्यक्रममा नेपाल सरकारबाट बिभूषित हुने प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई सम्मान गरिएको छ ।

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले प्रजिअलाई दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानमा आउनु भएका नवआगन्तुक प्रहरी नायव उपरिक्षक सुवास खड्कालाई पनि प्रमुख जिसीले स्वागत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *