२०७९, ५ आश्विन बुधबार १८:१४

आफ्नै ठाँउमा सेवा गछौं : डाक्टर जिसी

लोकेन्द्र सुनार÷प्यूठान जागरण डटकम
असोज ५ । झिमरुक गाउँपालिका निवासी दुई दाजुभाईले प्यूठान बिजुवारमा निमतारा पोलिक्लिनिक बुधबार देखी संचालनमा ल्याएका छन । लुम्बिनि प्रदेश सांसद हरी प्रसाद रिजाल, सासंद तारा जिसी र जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले सयुक्त रुपमा रिबन काटेर उद्धाटन गर्नु भएको हो ।


निमतारा पोलिक्लिनिकको सयुक्त रुपमा उद्घाटन गदै सांसद रिजाल र जिसीले जिल्लामा सर्बशुलभ स्वास्थ्य उपचारको आबस्यकता भएकाले दुई दाजुभाईले त्यो माग पुर्तिगर्ने बिश्वास ब्यक्त गरेका थिए । पढेलेखेका मानिस बिदेश जाने लहर चलिरहेका बेला जिल्लामा आफ्नै लगानीबाट स्वास्थ्य जस्तो क्षेत्रमा सेवा दिन लागेको भन्दै द्वय सांसदले जिसीदाजुभाईको कामलाई प्रसंशा गरेका थिए ।
उद्धाटन कार्यक्रममा जनरल फिजिसीएन डाक्टर सुबास जिसीले आफ्नै ठाँउको मायाले गर्दा बिदेश तथा अन्य ठाँउमा राम्रो अबसर हुँदा पनि त्यागेर जिल्लामा सेवा दिन निमतारा पोलिक्लिनिक स्थापना गरेको बताउनु भएको छ । उहाँले जिल्लामा समन्वय गरी नेपाल सरकारको दररेट अनुसार स्वास्थ्य उपचारमा सबैको पहुँच पु¥याउन पहल गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । प्यूठानमा केही समय स्वास्थ्य क्षेत्रमा सेवा गरेको हुनाले जिल्ला बाहिर रहदा पनि धेरै फोन गर्ने, सद्भाव राख्ने, परामर्श लिने जिल्लाबासीको निरन्तरताले झनै आफुलाई उत्साह थपेको डाक्टर सुबास जिसीले प्यूठान जागरण डटकमसंग कुरा गर्नुभएको छ ।


जिल्लामा आबस्यक पर्ने उपचारका लागी बिषेशज्ञ डाक्टरहरु उपलब्ध गराउने गरी सेवा दिने डाक्टर प्रकाश जिसीले बताउनु भएको छ । जिल्लाको आबस्यकतालाई हामीले आफ्नो कर्तव्य ठानेर जिल्लामै बसी सेवा दिन इच्छुक भएको जिसीले बताउनु भएको छ ।
करिब ७० लाख बराबरको खर्चमा पोलिक्लिनिक स्थापना गरिएको हो । ८ वटा कोठाहरु रहेको पोलिक्लिनिकमा व्यवस्थित भिडियो एक्सरे मेसीन, अक्सीजन सहितको बेड, मनिटर बेड, परामर्श सेवा चेकजाँच कक्ष, फार्मेसी लगायतका कोठाहरु व्यवस्थापन गरिएको छ ।


डाक्टर सुबास जिसीले चिनबाट एमडी गर्नुभएको छ भने डाक्टर प्रकाश जिसीले बङ्गालादेशबाट एमबिबि एस गर्नु भएको छ । दुई दाजुभाईले बुवा निमानसिह जिसी र आमा तारा जिसीको नामबाट निमतारा पोलिक्लिनिक नामाकरण गरीएको बुझीएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *