नागरिकता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिलाई ज्ञापन-पत्र
प्यूठान जागरण डटकम
असोज ७ । नागरिकता बिधेयक बिषयमा शुक्रबार प्यूठानका प्रमुख जिल्ला अधिकारी लाई तरुणदल प्यूठान र यौङ कम्यूनिष्ट लिङ बाइसीएलले सयुक्त ज्ञापन पत्र बुझाएको छ ।
प्रतिनिधि सभा, राष्ट्रिय सभाबाट पारित गरी सरकारले प्रमाणिकरणका लागी पठाएको नागरिकता बिधेयक रोकेको बिरोध गदै राष्ट्रपतिको ध्यानाकर्षण गराउ जिल्ला प्रशासन कार्यालय प्यूठान मार्फत ज्ञापन पत्र बुझाएको तरुणदल प्यूठानका अध्यक्ष सनत श्रेष्ठले बताउनु भएको छ ।
नेपाली नागरिकले नागरिकता पाउने संबैधानिक हकबाट बञ्चित गरी जनतामा निहित सार्वभौम सत्ता, सर्बोच्चता र लोकतान्त्रिक शासन व्यवस्था माथी गम्भिर प्रहार हुने काम गरेको ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।
तरुणदल प्यूठानका अध्यक्ष सनत श्रेष्ठ, यौङ कम्यूनिष्ट लिङ बाइसीएल जिल्ला संयोजक मोहन परियारद्धारा हस्ताक्षर भएको सयुक्त ज्ञापन पत्रमा गैर संवैधानिक कदमबाट पछि हट्दै यथाशिघ्र नागरिकता बिधेयक प्रमाणिकरण गर्न प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गरिएको ज्ञापनपत्रमा भनिएको छ ।