सहकारीलाई थप व्यवस्थित गर्नुपर्छ : रोका
प्यूठान जागरण डटकम
असोज ७ । महिला जागरण बहुद्धेश्यीय सहकारी संस्थाको १९ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ । ३ सय ४४ जना रहेको महिला जागरण बहुउद्धेश्यीय सहकारी संस्थाको साधारण सभा उद्घाटन गदै मल्लरानी गाउँपालिका सहकारी सञ्जालका अध्यक्ष टुक बहादुर रोकाले सहकारीलाई थप व्यवस्थापन गरी अगाडी बढाउनु पर्ने बताउनु भएको हो ।
धेरै मान्छे हुदैमा सहकारी राम्रो हुदैन रोकाले भन्नुभयो सहकारी राम्रो बनाउन सेयर सदस्यको सेवा सुबिधामा ध्यान दिई सहकारी निति र बिधिमा चल्नुपर्छ । प्रबिधिको बिकास संगै सहकारी व्यवस्थित बनाउन आबस्यकता रहेको औल्याउनु भएको थियो । सहकारीमा मुख्यत ऋण व्यवस्थापन गर्न रोकाले सुझाव दिनुभएको थियो ।
बहुउद्धेश्यीय सहकारी संघ लुम्बिनि प्रदेश सदस्य लोकेन्द्र सुनारले महिलाहरुको नेतृत्व बिकास संगै आर्यआर्जनमा सहकारीले राम्रो काम गरेको बताउनु भएको थियो । बहुउद्धेश्यीय कृयाकलाप गरी जिल्लामा सहकारीले नमूना कामको थालनी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
साधारणसभामा राष्ट्रसेवक बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष गोपाल नकर्मीले सबै महिलाले संचालन गरेको सहकारी राम्रो भएको बताउदै लघुउद्यमको क्षेत्रमा काम गर्न प्रोत्साहन गर्नुपर्ने बताउनु भएको थियो ।
खंलगा कृषि सहकारी संस्थाका उपाध्यक्ष भुवन सिहले सहकारीमा शिक्षा, स्वास्थ्य, आयआर्जनमा राम्रो काम गर्ने सेयर सदस्यलाई सम्मान गर्ने कार्यक्रम बनाउनुपर्ने बताउनु भएको थियो । मल्लरानी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रतिनिधि बिमला खड्काले महिलाहरुले संचालन गरेको सहकारीले जिल्लामा अन्य सहकारीहरु भन्दा फरक तरिकाले व्यवस्थापन गरी संचालन गर्न पर्ने बताउनु भएको थियो ।
सहकारी संस्थाको साधारणसभाको अबसरमा जेष्ठ सेयर सदस्य झुपा खड्का र धेरै सेयर खरिद गर्ने राधिका खड्कालाई दोसल्ला ओडाएर सम्मान गरीएको थियो । संस्थाको प्रगति प्रतिबेदन सहकारीका सचिव बर्षा नेपाली र आर्थिक प्रतिबेदन कोषाध्यक्ष राधिका खड्काले प्रस्तुत गर्नु भएको थियो । शुसिला खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष कृष्णा श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रम जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा भएको थियो ।