२०७९, ८ आश्विन शनिबार १८:३६

मोहनविक्रमको नेतृत्वमा कम्यूनिष्ट आन्दोलन चलेको छ : कृष्ण खडका

लोकेन्द्र सुनार÷प्यूठान जागरण डटकम
असोज ८ । राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका प्यूठानको एक दिने प्रशिक्षण कार्यक्रम खंलगामा सम्पन्न भएको छ । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन नजिकिए संगै भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गदै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण बहादुर खडकाले देशमा अहिले कम्यूनिष्ट आन्दोलनको नेतृत्व मोहनविक्रमले गरेको दाबी गर्नु भएको छ । शनिबार खंलगामा भएको प्रशिक्षण कार्यक्रममा प्रतिगमनका बिरुद्ध आउने निर्वाचनमा गठबन्धन गरेर जाने स्पष्ट पार्नुभएको थियो । प्यूठान र बाग्लुङ्ग प्रतिनिधि सभा, प्रदेशमा ७ वटा सिटको गठबन्धनमा दाबी गरेको खड्काले बताउनु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनि प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले देशी बिदेशी प्रतिकृयाबादीहरु मिलेर नेपालमा सामाज्यबादी अखडा बनाउन खोजेको बताउनु भएको थियो । नेपाललाई एमसीसि लगायतका अन्य कृयाकलाप गरी रणमैदानको रुपमा बिदेशी चलखेल बढेको उल्लेख गर्नुभएको छ । प्रतिगमनकारीले हिन्दु राज्य स्थापना गराई राजसंस्था ल्याउन खोजेको खत्रीले आरोप लगाउनु भएको छ । संघीयतामा आफुहरुको भिन्नमत अझैपनि रहने उहाँले बताउनु भएको थियो ।

राष्ट्रिय जनमोर्चा लुम्बिनि प्रदेशका सल्लाहकार बासुदेव पोख्रेलले बामपन्थी आन्दोलनमा केपी ओली कुलङ्गार भएको आरोप लगाउनु भएको छ । बामपन्थीको चर्को नारा लगाएर राजसंस्था ल्याउन खोज्नु बिदेशी तत्वहरु संग मिलेर देश प्रतिगमन तर्फ लैजान खोज्नु ओलीको गम्भिर त्रृटी भएको बताउनु भएको हो । चुच्चे नक्सा निकाल्न लगाएर पछि ओलीले नै लुकाएको बताउदै पोख्रेलले बिखण्डनकारी, राजाबादी समुह संग चुनावी तालमेल गर्नेहरुले राजमोमाथी कुरा उठाउने हैसियत नभएको बताउनु भएको थियो ।

अखिल नेपाल जनजाती सम्मेलनका महासचिव अमरध्वज रानामगरले रणनैतिक तथा कार्यनैतिक दुबै तरिकाले पाटीले योजना तय गरी निर्वाचनमा जाने बताउनु भएको थियो । भावना मात्र नभई बुद्धिमता देखाई अगाडी बढ्नपर्ने रानाको भनाई थियो । राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका अध्यक्ष सूर्य बहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य लेख बहादुर थापाको रहेको थियो भने संचालन गुणेन्द्र बस्नेतको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *