साहित्य, संगीत महोत्सव समापन
लोकेन्द्र सुनार÷प्यूठान जागरण डटकम
असोज १३ । साहित्य परिषद प्यूठानले आयोजना गरेको साहित्य, संगीत महोत्सव समापन भएको छ । असोज ११ गते स्वर्गद्वारीबाट उद्घाटन भएको ३ दिने महोत्सव जनता माबि बाग्दुलामा जिल्ला स्तरीय कविता बाचन सहित सकिएको हो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी डाक्टर गीतु गिरीले महोत्सवले प्यूठानको पर्यटन बिकासमा ठूलो योगदान गरेको बताउनु भएको थियो । महोत्सवले जिल्ला बाहिर रहेका कबि साहित्यकार, लेखकलाई जिल्लामा जोडेको उहाँले बताउनु भएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य प्रा.डा गोपिन्द्र पौडेलले प्यूठानको बिकास संगै साहित्य क्षेत्रमा महोत्सवले नँया आयाम थपेको प्यूठान जागरण संग कुराकानीमा बताउनु भएको थियो । साहित्य प्रतिको मोह, साहित्यले उठाउने बिषय, साहित्यद्धारा समाज परिवर्तनका अबषेश धेरै हुने भएकाले साहित्य संगीत महोत्सव निकै महत्वपूर्ण रहेको टिप्पणी गर्नुभएको छ ।
जिल्लाका १५ जना कविहरुले जिल्ला स्तरीय कविता बाचन प्रतियोगीतामा भाग लिएका थिए । जस जसअनुसार प्रतियोगीतमा प्रथम शुसिल सुनार, द्धितिय सुनिल बिश्वकर्मा, त्रितिय बसन्त खडका, सान्त्वना युवराज भण्डारी हुनु भएको थियो । प्रतियोगी बिजेतालाई नगद सहित प्रमाणपत्र दिइएको थियो ।
जिल्ला बाहिरबाट आएका अतिथी कवि सहित करिब ५० जना कवि, लेखकहरुको उपस्थित थियो । जिल्लामा पछिल्लो समय महोत्सवले कविता, लेखन, रचना तथा साहित्यमा नँया पिढीलाई उत्साह थपेको कतिपयको भनाई छ । महोत्सव प्यूठानको स्वर्गद्वारी, मल्लरानी, ओखरकोट सम्मको ३ दिने कार्यक्रम सहित बाग्दुलामा समापन गरिएको हो । समापन कार्यक्रम साहित्य परिषद प्यूठानका अध्यक्ष नवराज आचार्यको अध्यक्षतामा भएको थियो भने संचालन सचिव धुर्व गिरीले गर्नु भएको थियो ।