२०७९, २५ आश्विन मंगलवार १८:३०

अन्तराष्ट्रिय बालिका दिवश प्यूठानमा मनाइयो

प्यूठान जागरण डटकम
असोज, २५ । यो समय हाम्रो हो–हाम्रो अधिकार हाम्रो भविष्य भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय बालिका दिवश प्यूठानमा मनाइएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले बालिकाहरुको संरक्षण, बिकासमा स्थानीय तहको भूमिका धेरै भएको औल्याउनु भएको थियो । आफ्नो जिवन आफैमा अडेको हुँदा सबै बालिकालाई घरैबाट राम्रो व्यवस्थापन गर्नुपर्ने बताउनु भएको थियो । जिल्लामा त्यति राम्रो अबस्था नभएकाले बालिकाहरुको अबस्थामा परिवर्तन ल्याउन सबै पक्षको उत्तिकै खाचो रहेको जिसीले बताउनु भएको थियो ।


समाजमा सबैभन्दा बढी जोखिममा बालिका भएको मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले बताउनु भएको थियो । आफ्नो छोरीहरुलाई कसरी सुरक्षित गर्ने भन्ने कुरा अभिभावकले ध्यान दिनपर्ने श्रेष्ठले बताउनु भएको थियो । दिवशका अबसरमा आयोजित कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ प्यूठानका अध्यक्ष लोकेन्द्र सुनारले अन्तराष्ट्रिय बालिका दिवश र नेपालको बालिकाहरुको अबस्था बिषयमा कार्यपत्र प्रस्तुत गदै बालिकामाथि हुने हिंसा, विभेद अन्त्यका लागि भएका कानून र नीतिको सही कार्यान्वयन हुन आबस्यक रहेको बताउनु भएको थियो ।


बालिका माथी हुने सबै किसिमका हिंसा जन्य, बिभेदजन्य, साँस्कृतिक तथा सामाजिक रुपमा हुने अन्धविश्वासका बिरुद्ध जागरण पैदा गराउन एकजुट हुनुपर्ने कार्यपत्रमा उल्लेख गर्नुभएको थियो । दिनानुदिन भई रहेका बलात्कारका घटना, घरेलु हिंसा, बालबिवाह, बढ्दो प्रविधिको दुरुपयोग चुनौतीका रुपमा देखा परेको सुनारले बताउनु भएको थियो । मल्लरानी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख रेवती न्यौपानेले बालिका दिवशलाई महत्व दिन सबै पक्षसंग आग्रह गुनुभएको थियो । बालिकाका समस्या बालकका भन्दा धेरै भएकाले सरोकारवाला सचेत हुनु पर्ने बताउनु भएको थियो ।


महेन्द्र माध्यामिक बिद्यालय खंलगामा भएको कार्यक्रममा कुर्सी खेल, हिसाब दौड कार्यक्रम गरिएको थियो । २५ जना हिसाव दौडमा सहभागी बालिका मध्ये प्रथम सुप्रभा श्रेष्ठ, द्धितिय बर्षा श्रेष्ठ, तृतिय जलिसा श्रेष्ठ, शान्तवना मनिषा शाही भएका थिए । म्यूजिकल चियर (कुर्सीखेलमा) ३५ जना सहभागी भएकोमा प्रथम निरुता शाही, द्धितिय खुसी सुनार, तृतिय दिक्षा पुनमगर भएका थिए । बिजेता सबैलाई पुरस्कारको व्यवस्था गरिएको थियो ।


संयुक्त राष्ट्र संघीय जनसख्या कोष यूएनएफपिएको आर्थिक सहयोग, सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलबस्तुको सहकार्यमा कार्यक्रम राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्यूठानले आयोजना गरेको थियो । राष्ट्रिय दलित पत्रकार संघ प्यूठानका अध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीको रहेको कार्यक्रमको संचालन राष्ट्रिय दलित पत्रकार संघ प्यूठानका सचिव बोम बहादुर परियारको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *