साझा राजनैतिक संयन्त्रबाट अगाडी बढछौ : गठबन्धन उमेदवार

लोेकेन्द्र सुनार, प्यूठान जागरण डटकम
कात्तिक, १ । प्यूठानमा गठबन्धनका उमेदवार संग पत्रकार सम्मेलन गरिएको छ । पत्रकार सम्मेलनमा प्रतिनिधि सभाका उमेदवार दुर्गा पौडेलले आगामी पाँच बर्ष जनताको पक्षमा बिकास गर्न साझा रुपमा घोषणा पत्र तयारी भई रहेको बताउनु भएको थियो ।
मंगलबार आयुष्मा होटल जुम्रीमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गदै पौडेलले आफुले गएको पाँच बर्षमा भालुबाङ्ग बाग्दुला भिमगिठे बाटो योजना बन्ने प्रकृयामा लान पहल गरेको बताउनु भएको थियो । जिल्लाका कोभिड लगायतका समस्यामा प्रतिनिधि सभामा भएको हिसाबले गर्नुपर्ने धेरै काम गरेको बताउनु भएको थियो । सबै जात समुदाय क्षेत्रको बारेमा बन्ने नितिगत कानूनहरुमा आफुले पहिला पनि धेरै भूमिका निभाएको बताउदै पौडेलले आफु सांसदको रुपमा रहदा तलब, भत्ता प्यूठानमा नै खर्चेको बताउनु भएको थियो ।
यस्तै लुम्बीनी प्रदेश क उमेदवार कृष्ण अधिकारी प्रकाशले साझा राजनैतिक संयन्त्र निमार्ण गरी जनताको पक्षमा काम गर्ने बताउनु भएको थियो । उत्पादन निमार्ण रोजगारलाई मुख्य प्राथमिकता दिने अधिकारीले बताउनु भएको थियो । राजनैतिक परिवर्तन भए पनि जनताको जीवन स्तर परिवर्तन नभएकाले अबका दिनमा जनताको परिवर्तन हुने काम गर्न आफुहरु लागी पर्ने बताउनु भएको थियो ।
लुम्बीनी प्रदेश ख उमेदवार (रोज राणा) सरोज थापाले लुङ्ग खोला र झिमरुकमा बिद्युत उत्पादन गर्ने र स्तरीय बाटो निमार्णमा जुटन पर्ने बताउनु भएको थियो । मल्लरानी तथा स्वर्गद्धारी लगायतका धार्मिक स्थललाई पर्यटन क्षेत्रको रुपमा बिकास गर्ने बताउनु भएको थियो ।
प्रेस यूनिएन नेपाल, प्रेस सेन्टर नेपाल र प्रगतिशिल पत्रकार संघ नेपालको सयुक्त आयोजनामा भएको पाँच दलिय गठबन्धनका उमेदवार संगको पत्रकार सम्मेलनको अध्यक्षता प्रेस सेन्टर प्यूठानका कार्यबाहक अध्यक्ष यादव पौडेलको रहेको थियो भने स्वागत मन्तव्य प्रेस यूनिएन प्यूठानका अध्यक्ष श्रीराम भण्डारी र संचालन प्रज्वल पहाडीको रहेको थियो ।