२०७९, १ कार्तिक मंगलवार १८:४४

आचार संहिता पालना गर्न पत्रकार महासंघको आग्रह

प्यूठान जागरण डटकम
कात्तिक, १ । नेपाल पत्रकार महासंघ प्यूठानको मंगलबार सुचनाकेन्द्र बिजुवारमा बसको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पत्रकार आचार संहिता पालन गर्न सबै पत्रकारहरुमा आग्रह गरेको छ ।

निर्वाचनको बेला पत्रकारहरुलाई समाचार संकलनमा केही समस्या आउने बिगतका कुरालाई मध्यनजर गरी सहज रुपमा समाचार संकलन गर्ने बातावरण निर्माण गर्न सरोकारवाला पक्ष संग आग्रह समेत गरीएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष संजय रिजालले बैठक पश्चात जानकारी दिनुभएको छ ।

साथै आगामी कात्तिक १८ गते महासंघ प्यूठानको १४ औं बार्षिक साधारणसभा कालिका बिकास केन्द्रको सभाहलमा गर्ने निर्णय समेत भएको नेपाल पत्रकार महासंघ प्यूठानका सचिव प्रकाश बैद्यले बताउनु भएको छ । बैठकले स्वच्छ भयरहीत रुपमा निर्वाचन गराउन निर्वाचन आयोग, सरकार र जिल्ला स्थित सबै सरोकारवाला राजनैतिक दलमा अपिल समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!