२०७९, ६ कार्तिक आईतवार १२:३२

आयुर्वेद शिक्षाको प्रचार प्रसार आबस्यक : जिसी

लोेकेन्द्र सुनार, प्यूठान जागरण डटकम
कात्तिक, ६ । धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवशको अबसरमा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा सबै सचेत हुन आग्रह गर्नु भएको छ । आइतबार प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र खंलगा प्यूठानले आयोजना गरेको कार्यक्रममा जिसीले स्वास्थ्य जीवनका लागी आयुर्वेद शिक्षाको प्रचार प्रसार हुन आबस्यक रहेको बताउनु भएको थियो ।


कार्यक्रममा शुभकामना मन्तव्य दिदै स्वस्थ्य पर्यावरण र समुन्नत स्वास्थ्यका लागी योगा, ब्याम, ध्यानलाई प्रथामिकता दिनपर्ने प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनु भएको थियो । धन्वन्तरी बिष्णु भगवानका अबतार भएको प्यूठान आयुर्वेद स्वास्थ्य कार्यालय बिकास समितिका अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठले बताउनु भएको छ ।

आयुर्वेद र बनस्पतिबाट बैद्य तथा योग चिकित्सा बिधिको बिकास हुन गएको श्रेष्ठले बताउनु भएको थियो । प्यूठान आयुर्वेद स्वास्थ्य कार्यालय प्यूठानका निमित्त प्रमुख शिसीर पोख्रेलले धन्वन्तरी भगवानले आयुर्वेद चिकित्सा बिधिको सुरुवात गरेको बताउनु भएको थियो ।


प्यूठान आयुर्वेद स्वास्थ्य केन्द अस्पताल बिकास समितिका अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको बिषेश आतिथ्यतामा भएको कार्यक्रमको संचालक प्यूठान आयुर्वेद स्वास्थ्य कार्यालयका कबिराज निरिक्षक टुक बहादुर रोकाले गर्नुभएको थियो । धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवश देशभर आयुर्वेद कार्यालयमा कार्यक्रम गरी मनाइएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *