२०७९, २३ कार्तिक बुधबार ०९:००

प्यूठानमा सवारी दुर्घटना ३ जनाको मृत्यू

प्यूठान जागरण डटकम
कात्तिक, २३ । गएराती प्यूठान नगरपालिका ५ पूर्णगाउमा फोर्सजिप दुर्घटना भएको छ । लु १ ज ३७०७ नम्बरको फोर्स जीप २ सय मिटर तल खस्दा ३ जनाको घटनास्थलमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक सुवास खडकाले बताउनु भयो ।

दुर्घटनामा प्यूठान नगरपालिका ५ का जगमाया महरा, गदी घर्ति, डिलाराम घर्ति, बिरीकुमारी महरा, गोरी खत्री, फागुनी घर्ति, श्रीमाया महरा, रामे रोका, निमलाल घर्ति, कुमारी महरा, नखि महरा, निमा खत्री घाइते भएको बिजुबार इलाका प्रहरी कार्यालय इन्चार्ज प्रहरी निरिक्षक दिपेन्द्र बानियाले जानकारी दिनुभयो ।

ब्रेक नलागेका कारण जिप पछाडि धकेलिदा दुर्घटना हुन पुगेको प्रहरीको भनाई रहेको छ । पुर्णीमा मेला हेर्न खैरा आएका स्थानीय राती घर फर्कदा करिब ११ः ३० तिर दुर्घटना भएको प्रहरी निरीक्षक दिपेन्द्र बानियाले बताउनु भयो ।

घटना थाहा पाए लगत्तै इप्रका बिजुबार बाट पौने १ बजे तिर प्रहरी उद्धारमा गएको थियो । ६ जना घाइतेहरुको जिल्ला अस्पताल बिजुबारमा उपचार हुदै छ भने ६ जनालाई बुटवल रिफर गरिएको जिल्ला अस्पताल प्यूठानले जनाएको छ ।
उक्त जिप स्वर्गद्धारी यातायात प्रालिको रहेको छ । सबारी चालक बिनोद केएम सहचालक प्रेम जिसी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!