२०७९, २३ कार्तिक बुधबार ०९:२०

डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पमा ६ जनाको मृत्यु

प्यूठान जागरण डटकम
प्युठान २३ कार्तिक । डोटी केन्द्र बिन्दु भएर पटक पटक भूकम्प गएको छ । गएराति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार त्यसअघि पनि त्यहि क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यस अघि ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का बाजुरा, बझाङलगायत सुदूरपश्चिमका जिल्लामा महशुस गरिएको थियो ।

भूकम्पमा परेर डोटीको पूर्विचौकी गाउँपालिकाको वडा नं ३ गैरागाँउमा ६ जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन् । एक जना बेपत्ता भएका र एक जना बच्चाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!