२०७९, २३ कार्तिक बुधबार १७:३७

स्थानीय तहमा नमुना मतदान सकियो : प्रजिअ नेपाल

लोकेन्द्र सुनार÷प्यूठान जागरण डटकम
कात्तिक २३
। प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा आबस्यक शान्ति सुरक्षा ब्यबस्था गरिने प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनु भएको छ । केन्द्रको सुरक्षा योजना अनुसार जिल्ला तहमा सबै प्रकृया पुरा भएको बताउदै प्रजिअ नेपालले प्यूठानका ९ वटै स्थानीय तहमा नमुना मतदात कार्यक्रम गरिएको बताउनु भयो ।

जिल्लाका पत्रकारहरुसंग बुधबार आफ्नै कार्यकक्षमा छलफल गदै नेपालले महेन्द्र माबि खंलगाका दुबै मतदान केन्द्रमा महिलाहरु मात्रै कर्मचारीको व्यवस्थापन हुने बताउनु भएको छ । मतदान अधिकृत देखी सुरक्षा निकाय तथा सहयोगी सम्म महिलाहरु हुने उहाँले बताउनु भयो ।

करिब ४ सय नेपाली सेना, ७ सय ३० जना प्रहरी, १ सय ८५ जना शसस्त्र, १३ सय ३४ जना म्यादी प्रहरी सुरक्षामा खटिने भएका छन् । यस्तै १७ सय ८४ जना जिल्लाबाट निर्वाचनमा कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय प्यूठानका निर्वाचन अधिकारी देबि पाठकले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *