२०७९, २३ कार्तिक बुधबार १७:५८

समस्या पहिचान गरी अगाडी बढ्दै : जिप्रका

लोकेन्द्र सुनार÷प्यूठान जागरण डटकम
कात्तिक २३ । जिल्ला प्रशासन कार्यालय प्यूठानले त्रैमासिक बारे पत्रकारहरुलाई जानकारी दिएको छ । पत्रकार संग भेटघाट कार्यक्रम मार्फत प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले राष्ट्रिय परिचयपत्र लगायतका काममा जनशक्ति अभाव भएकोमा हाल केही समस्या समाधान गरी दैनिक करिब एकसय परिचयपत्र बितरण गरिएको बताउनु भएको छ ।

जिल्लामा बर्षा संगै आएको बाढी पहिरोको समस्या समाधान गर्न नेपाल सरकार तथा अन्य निकाय संग समन्वय गरी राहात बितरणको काम गरिएको प्रजिअ नेपालले जानकारी दिनुभयो । बुधबार जिल्ला प्रशासन कार्यालय प्यूठानमा भएको पत्रकार भेटघाट कार्यक्रममा बंशजको आधारमा नँया नेपाली नागरिकता १४ सय १५ वटा, नागरिकता प्रतिलिपि ९ सय ४४ वटा, बैवाहिक अंगकिृत नागरिकता १ वटा बितरण गरिएको प्रशासकिय अधिकृत मेघराज सोनीले बताउनु भयो ।

बिपतमा प्रभावितलाई जिल्ला प्रशासन कार्यालयले १३ लाख ९१ हजार, प्रदेश सरकारबाट ६ लाख ७० हजार बितरण गरिएको थियो । साउन भदौ असोजको त्रैमास राजस्व तर्फ ८६ लाख १५ हजार संकलन भएको छ । यस्तै ६ वटा नाबालक परिचयपत्र, सहायताकक्षबाट १९ सय ९९ जनाले सेवा लिएका छन् । १० वटा संस्था दर्ता भए भने यस त्रैमासमा ५ वटा नविकरण भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *