मेरा काम बारे पुस्तक अध्यायन गर्नुस : पौडेल
लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
कात्तिक २५ । प्रतिनिधि सभामा प्यूठानबाट २०७४ को निर्वाचनमा निर्वाचित दुर्गा पौडेलले आफु संसदमा रहदा गरेका काम बारे जिल्लाबासीलाई सबै जानकारी गराउनु भएको छ । संसदमा पहिलो, दोस्रो बर्ष र तेस्रो बर्षको बारेमा पुस्तक नै प्रकाशन गर्नु भएको छ । प्यूठान जागरण डटकम संग कुरा गदै पौडलले आफुले संसदमा रहदा जनताका महत्वपुर्ण आबाजहरु उठाउनुका साथै जनताको इच्छा बिपरित कुनै काम नगरेको स्पष्ट पार्नु भएको छ ।
मौलिक हक सम्बन्धी विधेयकमा संशोधन, संसदमा पेश भएका गतिबिधि, संसदमा संबोधन भएका कुराहरु, सरकार समक्ष पेश गरी पहल भएका बिकास योजनाहरु, आगामी योजना तथा कार्यक्रम, स्थानीय बिकास कोषको विनियोजन भएका योजना बारे किताबमा उल्लेख गरिएको छ ।
७४ को प्रतिनिधि सभा निर्वाचन जितेपछिका समय जिल्लाको समस्या, कोरोना भाइरस, बिपत्ति, बिकास, योजना निर्माणका लागी खटेको छु उहाँले भन्नुभएको छ । आफु सरकारमा नरहे पनि जिल्लामा परेका समस्यामा नजिकबाट समन्वय सहकार्य गरेको अनुभव पौडलले बताउनु भएको छ ।
आसन्न हुन गइरहेको मंसीर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सयुक्त गठबन्धनको तर्फबाट साझा उमेदवारका रुपमा प्रतिनिधि सभाको उमेदवार समेत रहनु भएकी दुर्गा पौडेलले आगामी दिनमा पनी जनताको भावना अनुसार अगाडी बढ्ने प्रतिबद्धता गर्नु भएको छ ।
प्यूठानी जनता निकै सचेत भएकाले कुनै बिलासीतामा नपरी, भष्टाचार नगरी, बिकास योजनामा समान दृष्टिकोण राखी सबैको भावनालाई कदर गरी अगाडी बढेको इतिहास हेरी पुन आफुलाई प्रतिनिधि सभामा जनताले निर्वाचित गरी पठाउनेमा आफु बिश्वस्त भएको बताउनु भएको छ ।
मेरो संसदमा रहदा गरेका सबै काम भन्न संम्भव नभएकाले पौडेलले जिल्लामा गरेका काम किताबबाट अध्यायन गर्न सबै पक्षलाई आग्रह गर्नु भएको छ । २०२८ सालमा जन्मिएकी दुर्गा पौडेल राजनीतिक आन्दोलको क्रममा ६ महिना कपिलबस्तुमा जेल जिवन बिताउनु भएको थियो । २०७० मा समानुपातिक तर्फबाट सांसद हुनु भएकी पौडेल राष्ट्रिय जनमोर्चाको केन्द्रिय उपाध्यक्ष समेत रहनु भएको छ ।