विपद् प्रतिकार्य योजना कार्यान्वयन गर्ने निर्णय
लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
मंसिर १२ । सोमबार विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशिल सरकारी तथा गैरसरकारी निकायसँगको समन्वयात्मक बैठक बसी आगामी दिनमा आउन सक्ने बिभिन्न प्रकृतिका बिपतका घटनाको रोगथाम गर्न बिपत प्रतिकार्य योजना सबै स्थानीय तहले गराउनु पर्ने निर्णय गरीएको छ ।
विपद्को समय पछि तत्काल उद्धार कार्यको लागी समेत सबै स्थानीय तहले स्थानीय समुदायलाई तालिम दिई दक्ष जनशक्ति स्वयमसेवक तयारी अबस्था राख्ने बैठकले निर्णय गरेको हो । मनसुनजन्य विपद् प्रभावित निजि आबास पुननिर्माण तथा पुस्थापना अनुदान कार्यबिधि २०७७ अनुसार स्थानीय तहले बिद्युतीय प्रणाली मार्फत लगत संकलन गर्ने कार्यालाई तिब्रता दिई जानकारीका लागी जिल्ला प्रशासन कार्यालयलाई नियमित गराउने निर्णय भएको छ ।
प्यूठान नगरपालिका क्षेत्रभित्रका झिमरुक तथा माडी खोला बगरका बिभिन्न घाटहरुमा दिगो रुपमा ढुङ्ा गिटी तथा बालुवा उत्खनन कार्य संचालनको लागी प्रारम्भिक वाताबरणीय परीक्षणको प्रतिबेदन पेश गरी जोखीम क्षेत्रमा मेसीन प्रयोगको अनुमति दिन हुने, नहुने बारे अध्यायन प्रतिबेदन पेश गर्न जिल्ला समन्वय समिति प्यूठानका प्राबिधिक जनशक्तिलाई जिम्मेवारी दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा जिल्ला समन्वय समितिको सभाहलमा समितिका पदाधिकारीको उपस्थितिमा बैठक बसेको थियो ।
यस्तै प्यूठानमा अविरल बर्षापछि आएको बाढी पहिरोका कारण माण्डबि गाउँपालिका लगायतका अन्य ठाँउमा भएको धनजनको क्षेति हुन पुगेको थियो । पूर्ण तथा आंशिक क्षेती भएका बिवरण अनुसार गएको असोज सम्म जिल्ला प्रशासन कार्यालय प्यूठानबाट २६ लाख ६६ हजार, कात्तिक महिनामा १३ लाख ६५ हजार राहत रकम बितरण गरिएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ । लुम्बिनि प्रदेश सरकारबाट २२ जनालाई राहात रकम वापत ६ लाख ७० हजार रकम बितरण गरिएको छ ।