२०७९, १३ मंसिर मंगलवार ०९:४३

मनोसामाजिक समस्यामा मापसे प्रमुख कारण

प्यूठान जागरण डटकम
मंसिर १२ । समुदायमा आधारित मनोसामाजिक विमर्शकर्ता र स्थानीय सरोकारवाला बिचको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले स्थानीय तहले सो क्षेत्रमा काम गर्ने जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ ।


सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलबस्तुले आयोजना गरेको कायएक्रममा जिसीले मनोरोगबारे सबैले चासो चिन्ता लिनुपर्ने बताउनु भएको थियो । समाजमा यस्तो व्यवास्ताका कारण आत्माहत्या बढ्दै गएको बताउनु भएको हो । सोमबार प्यूठान नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा प्यूठान नगरपालिकाका प्रमुख बिष्णु योगीले स्थानीय तहले समस्या न्यूनिकरण गर्न प्रतिबद्धत भएको बताउनु भएको थियो । यो सामाजिक समस्या हो हामी गम्भिर छौ योगीले भन्नुभयो ।
मधिरा र बैदेशिक रोजगारीले गर्दा आत्माहत्या, झगडा, हिंसा बढेको माण्डबि गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी रोशनले बताउनु भएको थियो ।


पूर्वाधार बिकास मात्र नभई हामी सामाजिक बिकास तर्फ पनि संबेदनशिल हुन पर्ने प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनु भएको थियो । स्थानीय तहले समस्याको जड सम्म जान जनशक्ति परिचालन गर्नपर्ने देखिएको उहाँले बताउनु भएको थियो । प्यूठानमा माधक पदार्थ सेवन प्रमुख समस्याको रुपमा रहेको औल्याउनु भएको थियो ।
समुदायमा आधारित मनोसामाजिक कार्यकर्ता CPSW र स्थानीय तहका प्रमुख संघ संस्थाका प्रतिनिधि सहितको कार्यक्रममा मनोसामाजिक बिषयमा प्रशिक्षक शान्ति पण्डितले सहजीकरण गर्नु भएको हो ।


जिल्लामा मनोसामाजिक समस्यालाई हल गर्न सकेमा आत्माहत्याको दर घटने मनोसामाजिक कार्यकर्ताहरुले बताएका थिए । स्थानीय तहले समाजिक बिकास तर्फ बजेट बिनियोजन गरी मनोसामाजिक समस्याको क्षेत्रमा जनचेतना फैलाउन आबस्यक रहेको सहभागीहरुले बताएका थिए । सिद्धार्थ सामाजिक बिकास केन्द्रको आयोजना तथा यूएन एफ पिएको प्राबिधिक सहयोगमा भएको कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक राम नारायण शाहको रहेको थियो भने संचालन मनोसामाजिक कार्यकर्ता लोकेन्द्र सुनारले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *