प्यूठान महोत्सवको आकर्षक “निशुल्क स्वास्थ्य शिबिर”
लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
फागुन ६ । प्यूठानमा सुरु भएको स्वर्गद्धारी प्यूठान पाँचौ महोत्सवमा निशुल्क स्वास्थ्य शिबिर लुम्बिनि सीटी अस्पतालले संचालन गरेको छ । महोत्सवको तेस्रो दिन सम्म आइपुग्दा करिब ५ सय जनाले सेवा लिएको अस्पतालमा प्रमुख बसन्त जिसीले जानकारी दिनुभयो ।
तेस्रो दिन निशुल्क रुपमा चेकचाँज गर्नेको भिड लागेको थियो । प्यूठान जागरण डटकम संग कुरा गदै अस्पतालका प्रमुख बसन्त जिसीले अहिले सम्म हेरेका बिरामी मध्ये ७ जनालाई बुटवल लगेर उपचार गर्नुपर्ने सल्लाह दिएको बताउनु भयो । उहाँले भन्नुभयो मेरो जन्मठाँउ भएकाले गाँउमा उपचार नपाएकाहरु सबैलाई चेकजाँच सहित उपचार दिन खोजेको बताउनु भएको छ ।
प्यूठान महोत्सब भरी करिब ५० लाख सम्मको खर्चमा निशुल्क शिबिरमा चेकजाँच तथा औषधी उपचारको व्यवस्था गरेको जिसीले उल्लेख गर्नुभयो । प्यूठानमा बिभिन्न संघ संस्था संग समन्वय गरी तथा शिबिर संचालनमा ल्याई उपचार निरन्तर गर्ने अस्पतालका प्रमुख बसन्त जिसीले बताउनु भएको छ ।
शिबिरमा हाडजोर्नी तथा नशा रोग, महिला तथा स्त्री रोग, जनरल मेडिसिन, नशा तथा मानसिक रोग, स्तन क्यान्सर तथा सर्जरी, नाक कान तथा घाटी रोग, न्यूरो सर्जरी सम्बन्धी उपचारका लागी डाक्टरको ब्यबस्था गरीएको लुम्बिनि सिटी अस्पताल बुटबलले जनाएको छ । शिबिरमा बिभिन्न प्रकारका रोगहरुको बिषेशज्ञ डाक्टहरुद्धारा चेकजाँच, रगत जाँच सहित भिडियो एक्सरे, औषधी उपचार उपलब्ध रहेको छ ।