जोखिम व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सम्पन्न

प्यूठान जागरण डटकम
प्यूठान, १७ ÷ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानको आयोजनामा फागुन १४ देखी १६ गते सम्म समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । जापानीज रेडक्रसको आर्थिक सहयोगमा जिल्लाका बिभिन्न ठाँउमा तालिम गरीएको छ । स्थानीय तह संगको समन्वयमा बिपतका घटनालाई न्यूनिकरण गर्न आबस्यक ज्ञान सीप हस्तान्तरण गर्ने उदेश्यले २४ जनालाई तालिम प्रदान गरिएको परियोजनाका जिल्ला कार्यक्रम अधिकृत सरोज थापाले जानकारी दिनुभयो ।
तालिमलाई सम्बोधन गदै जिल्लामा बिपद पुर्व तयारीका लागी बिगतमा रेडक्रस धेरै भूमिका खेलेको बताउदै आगामी दिनमा पनी संस्था समुदायमा हुने बिपत न्यूनिकरण, उद्धारमा खट्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामीले बताउनु भएको थियो ।
नौबहिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले समुदायमा हुने सबै किसिमका बिपतहरु व्यवस्थापन गर्न स्थानीय तह जिम्मेवार भएर लाग्ने तालिममा बताउनु भएको थियो । तालिममा रेडक्रस प्यूठानका उपसभापति देबि प्रसाद रिजालले विपद् बाजा बजाएर नआउने हुनाले यस्को पुर्ब तयारी हुन जरुरी भएको बताउनु भएको थियो ।
३ दिने संकटासन्नता क्षमता लेखाजोखाको प्रयोग, क्रम, जलवायु परिवर्तन, सामाजिक समावेशीकरण, विपद् जोखिम न्यूनीकरण, आपतकालिन स्वास्थ्य, विपद् जोखिम व्यवस्थापनका उपायहरुको पहिचान, सामुदायिक विपद् तथा जलवायु उत्थानशील योजना, सहभागितामूलक संकटासन्नता, क्षमता विश्लेषणका औजारहरुको प्रयोग, सामुदायिक विपद् व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार, सामुदायिक विपद् व्यवस्थापन समितिको विपद् व्यवस्थापन कोष संचालन कार्यविधि र स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनाको प्रक्रिया, संरचना योजना कार्यान्वयन बिषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रमको सहजीकरण शैलेश श्रेष्ठ, भविराम भण्डारी र रविन्द्र रोकाले गर्नुभएको सोही परियोजनाका जिल्ला कार्यक्रम अधिकृत सरोज थापाले जानकारी दिनुभएको छ । तालिम नौबहिनी गाउँपालिकाको बाहाने बजारमा भएको थियो । सोही तालिम प्यूठान नगरपालिकाको वडा नं. ३ र ५ मा गठन भएका ४ वटा सामुदायिक विपद् व्यवस्थापन समितिका २४ जना व्यक्तिहरुको लागि चैत्र २ देखि ४ गतेसम्म संचालन गर्ने तयारी भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले जनाएको छ ।