२०७९, ८ चैत्र बुधबार १७:४३

समतामुलक समाजको परिकल्पना गरेका छौ : नगर प्रमुख योगी

प्यूठान जागरण डटकम
चैत्र ७ । प्यूठानमा अन्तर्राष्ट्रिय जातीय भेदभाव दिबश मार्च २१ बिधि कार्यक्रम गरि मनाइएको छ । जातीय भेदभाव उन्मुलनमा संचारको भूमिका बिषयक अन्तरकृया कार्यक्रमलाई सम्बोधन गदै आफुहरु जहिले पनि समातामूलक समाजको निर्माणमा लागी परेको प्यूठान नगरपालिका प्रमुख बिष्णु योगीले बताउनु भएको छ । उहाँले समतामुलक समाज निमार्ण नभए सम्म जातीय भेदभाव रहिरहने हुँदा समाजबाट जातीय भेदभाव उन्मुलनमा लाग्नुपर्ने बताउनु भएको थियो । आफु निर्वाचित भएर आउनुपुर्व नै समतामुलक समाजको परिकल्पना गर्ने प्रतिबद्धता गरेकाले जातीय मुद्धामा प्यूठान नगरपालिका संबेदनशिल भएको उल्लेख गर्नु भएको थियो ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा प्यूठानको आयोजनमा भएको जातीय भेदभाव उन्मुलनमा संचारको भूमिका बिषयक कार्यक्रमलाई प्यूठानका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले समाजको शिक्षाको अझै अभाव रहेको बताउनु भएको थियो । समाज पहिलाको तुलनामा धेरै अगाडी बढेको बताउदै दलित समुदायलाई दिइएको आरक्षणको भरपुर सदुपयोग गर्न आग्रह समेत गर्नु भएको थियो ।

जातीय भेदभाव तथा रंगभेद आन्दोलन संग सम्बन्धीत रहेको कार्यपत्र राष्ट्रिय दलित पत्रकार संघ प्यूठानका अध्यक्ष लोकेन्द्र सुनारले प्रस्तुत गदै कुनैबेला अमेरिकामा काला र गोरा जातीको बिचमा भएको विभेदबारे चर्चा गदै नेपालमा बनाएका कानुनी कुरा मात्र कार्यान्वय भए धेरै हद सम्म जातीय भेदभावका मुद्धामा परिवर्तन हुने बताउनु भएको थियो । पछिल्लो समय दलित भित्रका पत्रकारहरु आमसंचारमा कृयाशिल भएका कारणले पनि संचारक्षेत्रमा प्राथमिकता पाउने गरेको बताउनु भएको हो ।

कार्यक्रममा गौमुखी गाउँपालिका पुर्व उपाध्यक्ष तुल्सा सुनार सोही गाउँपालिकाका वडा ४ का अध्यक्ष धनिराम सुनार, दलितका नेताहरु गोपाल नेपाली, सुर्य बहादुर सार्की, पत्रकार महासंघ प्यूठानका अध्यक्ष संजय रिजाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामी, नागरिक सरोकार समाजका संयोजक सुमन सुबेदीले मानिसले नै दवाइएको हुँदा हामी सबै मिलेर शिक्षाको जागरण ल्याइ अभियानको रुपमा लागेमा विभेद अत्य हुने बिश्वास व्यक्त गरेका थिए ।

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानका अध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षतामा भएको मार्च २१ कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष कमल बिकको रहेको थियो भने संचालन सचिव बोम बहादुर परियारले गर्नु भएको कार्यक्रम होटल आयुष्मा जुम्रीमा भएको थियो ।

यसैबिच दलित आन्दोलनमा योगदान पु¥याएको भन्दै ८० बर्षिय पेजबहादुर सुनार, दलित नेता गोपाल नेपाली, गौमुखी गाउँपालिकाका पुर्व उपाध्यक्ष तुल्सा सुनारलाई सम्मानपत्र सहित खादा ओढाइ सम्मान गरिएको थियो भने मरणोपरान्त सम्मान स्वर्गीय सुर्य बिकलाई गरिएको संस्थाका अध्यक्ष लोकेन्द्र सुनारले जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *