२०७९, ८ चैत्र बुधबार १८:५७

मल्लरानीमा खाना महोत्सव हुदै

प्यूठान जागरण डटकम
चैत्र ८ । मल्लरानी पर्यटन प्रर्बद्धनका लागी मल्लरानी पर्यटन प्रथम फुड फेष्टिवल महोत्सव बारे एक कार्यक्रमको आयोजना गरी बुधबार पत्रकार सम्मेलन गरिएको छ । १ करोडको कारोबार हुने करिब २५ हजारले अबलोकन गर्ने प्यूठान उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष महोत्सव मुल आयोजक समितिका सदस्य इमानसिह भारतीले जानकारी दिनुभयो । प्यूठान जिल्लामा भएका स्थानीय खानाका परिकारहरुलाई राखि खाना महोत्सव गर्ने तयारी भएको भारतीले बताउनु भएको छ । यस्तै नँया बर्ष बैशाख १ गते मल्लरानीमा जीपलाईन पनि संचालन गर्ने तयारी गरिएको भारतीले बताउनु भयो ।

महोत्सवले मल्लरानीको बिकासमा ठूलो योगदान गर्ने बिश्बास लिएको प्यूठान उद्योग बाणिज्य संघ, खंलगा बजार इलाका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक बासुप्रसाद श्रेष्ठले बताउनु भएको थियो । नेवारी, गुरुङ्ग, मगर, चौधरी जातीको परम्परागत खानाका परिकार प्राथमिकता राखिने श्रेष्ठले बताउनु भएको छ ।

मल्लरानी गाउँपालिका भित्रका प्रचुर संभावना बोकेका पर्यटन क्षेत्रको बारेमा डकुमेन्टी बनाउने तयारी गरिएको महोत्सव प्रचार–प्रसार समितिका संयोजक लोकेन्द्र सुनारले बताउनु भएको छ । प्रथम खाना महोत्सवमा साँस्कृतिक कार्यक्रम, दौड प्रतियोगीता, पात बजाउने कार्यक्रम, अन्तर माबि स्तरीय बक्तित्वकला प्रतियोगीता, लोक गीत प्रतियोगीता गरिने सुनारले बताउनु भएको छ । प्यूठान उद्योग बाणिज्य संघ खंलगा बजार इलाकाको आयोजनामा हुने महोत्सव यहि २०७९ साल चैत्र ३० गते उद्घाटन भएर २०८० बैशाख १ देखी २ गते सम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *