टिप्परको ठक्करबाट महिलाको मृत्यू

लोकेन्द्र सुनार÷प्यूठान जागरण डटकम
चैत्र, १८ । घर बनाउने गिट्टी खनाउनेक्रममा टिप्परले एक महिलाई ठक्कर दिदा मृत्यू भएको छ । प्युठान नगरपालिका– ७ टिकुरी स्थित नयाँ बसपार्क नजिक शनिबार बिहान लु २ ख ३८८९ नम्बरको टिपरले ठक्कर दिदा गौमुखी गाउँपालिका ७ नारिकोट की अन्दाजी २५ बर्षीय गीता बिश्बकर्माको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक सुबास खडकाले जानकारी दिनुभयो ।
प्यूठान अस्पतालमा उपचारको क्रममा बिश्वकर्माको मृत्यु भएको जिल्ला अस्पताल बिजुबारले जनाएको छ । बिश्वकर्मालाई ठक्कर दिने टिप्पर चालक प्रहरी नियन्त्रणमा लिएको प्यूठानका प्रहरी डीएस्पी सुबास खडकाले बताउनु भएको छ । मृतकको आफन्तलाई खबर गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रनाउ खडकाले बताउनु भएको छ ।