२०७९, २१ चैत्र मंगलवार ०९:३४

मल्लरानी डाडामा विविध कार्यक्रम गरी मनाइयो सहकारी दिवश

प्यूठान जागरण डटकम
चैत्र, २० । मल्लरानी पर्यटन प्रर्वधनका लागी खाना महोत्सवको प्रचार–प्रसार गर्ने उद्धेश्यले राष्ट्रिय सहकारी दिवशको अबसरमा मल्लरानी डाडामा सोमबार बिबिध कार्यक्रम सहित सम्पन्न भएको छ । मल्लरानी पर्यटनका संभावना र चुनौती बिषयक अन्तर मा.बि वक्तित्वकला प्रतियोगीतामा भानुभक्त माध्यामिक बिद्यालयका सन्देश जिसी प्रथम भएका छन । यस्तै क्रमश महेन्द्र मा.बिका रुद्रमणी भुषाल, सारदा मा.बि चौरपानीका शिक्षा बस्नेत, जनजागृति मा.बि कसेरीका प्रदिप पुनमगर द्धितीय, तृतीय शान्तवना भएका छन ।

लोपन्मुख पात बजाउने कार्यक्रम अन्तरगत छमा घर्ति प्रथम, चुरामणी पुन द्धितीय, सुस्मा सुनार तृतीय भएका थिए । यस्तै अन्तरसहकारी लोक गीत प्रतियोगीता कार्यक्रममा लाली गुरास बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रथम, त्रिबेणी बचत तथा ऋण सहकारी संथा लिमिटेड द्धितिय र जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड तृतीय भएका छन ।
६६ औं राष्ट्रिय सहकारी दिवशको अबसरमा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीले पर्यटनका लागी मल्लरानी एउटा सुन्दर ठाँउ भएको उल्लेख गदै मल्लरानी डाडाको बिकास निमार्णमा जुटनुपर्ने बताउनु भएको थियो । स्थानीय कला संस्कृतिलाई पर्यटन संग जोडेर अगाडि बढदा सुनमा सुगन्ध थपिने बिश्वास व्यक्त गर्नु भएको थियो ।


कार्यक्रममा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण खडकाले मल्लरानी डाडालाई गाउँपालिकाले बिषेश प्राथमिकतामा पारि पर्यटनको आधारशिलाको रुपमा स्थापित गरिने बताउनु भएको छ । मल्लराजाहरुको ऐतिहासिक पृष्ठिभूमि उनीहरुको बासस्थानबारे चर्चा गदै खडकाले मल्लरानी डाडाको बिकास गर्न डिपीआर अनुसारका वाटर फाउन्टेन, बाटो कालोपत्रे, सुरुङमार्ग अगायतका काम भईरहेको बताउनु भएको थियो । पर्यटन बिकास गर्न सरकारी, निजि तथा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुने खडकाले बताउनु भएको थियो ।

सहकारी दिगोपना सो नियमन र शुसासन भन्ने मुल नाराका साथ ६६ औं राष्ट्रिय सहकारी दिवश प्रथम मल्लरानी फुड फेस्टिभल अन्तरगतको महत्वपुर्ण कार्यक्रम भएको महोत्सव मूल आयोजक समितिका संयोजक बासु प्रसाद श्रेष्ठले बताउनु भएको थियो । उहाँले मल्लरानीमा निजि क्षेत्रबाट धेरैकाम सुरु हुन लागेको बताउदै स्थानीय सरकारले बढी चासो राखेमा अबको २ बर्ष मल्लरानी पर्यटनको मुख्य गन्तब्य हुने बताउनु भएको थियो । महोत्सवमा स्थानीय खानाका परिकार, विविध साँस्कृतिक कार्यक्रम, स्थानीय कला संस्कृति झाकी आर्कषकको रुपमा रहने उल्लेख गर्नु भएको थियो । महोत्सवको कार्यक्रम अन्तरगत वक्तित्वकला प्रतियोगीता, पात बजाउने कार्यक्रम, लोकगीत कार्यक्रम, दौड प्रतियोगीता, पुर्नरमिलन कार्यक्रम महोत्सवका थप कृयाकलाप भएको प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रका अध्यक्ष बासु प्रसाद श्रेष्ठले बताउनु भएको हो ।

कार्यक्रममा प्यूठान उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष इमान सिह भारती, जिल्ला सहकारी संघका जिल्ला सदस्य जुमान सिह केसी लगायतले सहकारी दिवश कार्यक्रमले मल्लरानीको पर्यटन बिकासमा ठूलो योगदान गर्ने बताउनु भएको थियो ।
सोमबार आयोजित राष्ट्रिय सहकारी दिवश कार्यक्रममा मल्लरानी गाउँपालिका स्तरीय सहकारी सञ्जालका अध्यक्ष टुकबहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी, बिषेश अतिथी मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण खडका प्रमुख जिल्ला अधिकारी मदन कोइराला रहनु भएको थियो भने कार्यक्रमको संचालन महोत्सव मूल आयोजक समितिका सदस्य तथा प्रचार प्रसार समितिका संयोजक लोकेन्द्र सुनारले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *