पर्यटकीय क्षेत्र मल्लरानीमा दौड प्रतियोगीता
प्यूठान जागरण डटकम
चैत्र, २५ । मल्लरानी पर्यटन प्रर्वधनका लागी खाना महोत्सवको प्रचार–प्रसार गर्ने उद्धेश्यले शनिवार जिल्ला स्तरीय दौड प्रतियोगीतामा नौ बहिनी गाउँपालिका १ स्याउलिबाङ्गका रेम बहादुर बुढामगर प्रथम हुनु भएको छ ।
५ किलोमिटरको दुरी २८ मिनेटमा बुढामगरले पार गरेका हुन । यस्तै सोही पालिकाका दामोदर बुढा मगर द्धितीय, रमेश शाही तृतीय भएका छन । महिला तर्फ पहिलो पटक झिमरुक गाउँपालिका ७ की सकुन्तला सुनार पुग्नु भएको थियो ।
प्रथम द्धितिय र तृतीय क्रमश १५०००, १००००, ५००० पुरस्कार पाउने छन भने महिला तर्फ पहिलो पटक पुग्नेलाई प्रोत्साहन स्वरुप ५००० पुरस्कार दिइने आयोजक समितिका संयोजक बासुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
मल्लरानीलाई पर्यटन संग जोडनका लागी दौड प्रतियोगीता महत्वपुर्ण ठानेकाले पुरस्कारको व्यवस्था सोही ठाँउबाट जिल्ला बाहिर बसेकाले दिने घोषणा गरेको स्वर्गद्धारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रथम मल्लरानी फुड फेस्टिवल २०८० यहि चैत्र ३० गते उद्घाटन भएर २०८० बैशाख १ देखी २ गते सम्म मल्लरानी डाँडामा हुदैछ ।