नेकपा मसालकाे तीन अभियान कार्यक्रम
प्यूठान जागरण डटकम
प्युठान, १९ । नेकपा (मसाल) ले देशब्यापी सञ्चालन गरेको ऐतिहासिक तीन अभियान अन्तरगत प्यूठानमा पनि गरिएको छ । कार्यक्रमको उद्घाटन गदै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य, मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्काले देशमा ठूलो आर्थिक समस्या सहित बिदेशी चलखेल सुरु भएको बताउनु भएको थियो । देशका ठूला राजनैतिक पाटीहरु बिदेशीको इशारामा एमसिसी जस्ता राष्ट्रघाति संम्झौता गरी अराजनैतिक कृयाकलाप देखाएको बताउनु भएको थियो ।
१३४औँ मदुर दिवसका अवसरमा सोमबार प्युठानमा एक कार्यक्रम आयोजना गरी अभियानको सुरुवात गरिएको हो । कार्यक्रमलाई नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपानेले सम्बोधन गदै बिश्व साम्यवादी सासन व्यवस्थाका संस्थापक तथा दार्शनिक नेता लेनिनको नेतृत्वमा भएको १९१७ को महान अक्टोबर क्रान्तिबाट रुसमा समाजबादी राज्य ब्यबस्था स्थापना भएको बताउनु भएको थियो ।
सम्राज्यबादी देशहरू अमेरीका, चिन बिच विश्वव्यापी टकराव बढिरहेको उल्लेख गुर्नभएको थियो । अमेरिकाले आइपीयस रणनीति अन्तर्गत एमसिसीको माध्यमबाट नेपाललाई प्रयोग गर्दै आएको बताउनु भएको थियो । नेपालको संसद र सरकारमा समेत आफ्ना एजेन्टहरु समावेश गर्ने प्रयासमा रहेको बताउनु भएको थियो । यस्ता देशको स्वाधिनतामा खतरा ल्याउने कुनै पनि कुरामा नेकपा मसाल सचेत रहन आबस्यक रहेको बताउनु भएको थियो ।
राष्ट्रिय सभा सदस्य एवम् जातीय समता समाजका केन्द्रिय अध्यक्ष राजेश विकले राष्ट्रिय जनमोर्चा जहिले पनि देश र जनताको पक्षमा उभिएको कुरा स्मरण गराउदै देश बचाउन जस्तो सुकै परिस्थितिका बिच पनि ससंद र सडकमा उपस्थित हुने बताउनु भएको थियो । वामपन्थी नेता सुरेश थापा, राजमोका केन्द्रीय सदस्य नारायण जिसीलगायत नेताहरुले कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो ।
मसालले सोमबार श्रमिक दिवसका अवसर पारेर ‘ऐतिहासिक तीन अभियान सफल पारौँ, कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौँ’ नाराका साथ देशैभरबाट ऐतिहासिक तीन अभियान सञ्चालन गरेको हो । अभियान अन्तर्गत अन्तर्गत कम्युनिष्ट पार्टीको स्थापना भएको ७५ वर्षका अवसरमा हिरक जयन्ती, लेनिनको स्मृति शताब्दी दिवस र पार्टीको नवौं महाधिवेशनको तयारी अन्तर्गत वर्षभरी देशव्यापी कार्यक्रम गरिने नेकपा मसालका जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपानेले प्यूठान जागरण डटकमलाई बताउनु भएको छ । खंलगा पाटी कार्यालयमा भएको कार्यक्रमको सञ्चालक विदुर मल्लले गर्नुभएको थियो ।