२०८०, २५ बैशाख सोमबार १९:२२

रेडक्रस दिवश झिमरुक गाउँपालिकामा मनाइयो

लोकेन्द्र सुनार÷प्यूठान जागरण डटकम
नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखाको आयोजनामा अन्तर्राष्ट्रिय रेडक्रस दिवस एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । वक्रित्वकला प्रतियोगीतालाई झिमरुक गाउँपालिका शिक्षा शाखाका प्रमुख मोहन बिसीले रेडक्रसका संस्थापक महामानव भएको कुरा स्मरण गदै उहाँको संसारभर मानव सेवाको कार्यको उच्च सम्मान भएको बताउनु भएको थियो । नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखाका सभापति ऋषिराम  शर्माले मानव सेवा प्रति हेनरी ड्युनाको त्यागलाई सम्झी उहाँको जन्मजयन्ती मनाउन पाउदा खुसी लागेको उल्लेख गर्नु भएको थियो । 
झिमरुक पालिका स्तरीय माबि बिद्यालयलाई समेटी रेडक्रस र मानव सेवा बिषयक वक्रित्वकला प्रतियोगीतामा बोम बहादुर पोख्रेल, जगत बहादुर केसी, रामचन्द्र  भण्डारी, जानका पंथी लगायतले शुभकामना मन्तव्य राख्दै रेडक्रसले मानिसका समस्यामा एक अर्कालाई भावनात्मक रुपमा जोडी मावन सेवामा अभिप्रेरेरित गरेको बताएका थिए । 
नौ वटा माबि बिद्यालय समावेश भएको वक्रित्वकला प्रतियोगीताको प्रथम श्री चिरायु मा.बिका रेजिना केसी, द्धितिय श्री प्रभात मा.विका श्रीराम पौड्याल, तृतीय लक्ष्मी मा.विका एन्जिल पंथी, सान्तवना गौमुखी आवाशीय मा.बिका सम्राट  जि.सी हुनु भएको नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखाका सचिव नारायण जिसीले बताउनु भएको थियो । वक्रित्वकला प्रतियोगीताका प्रथम, द्धितिय, तृतीय र सान्त्वनालाई नगद प्रमाणपत्र दिइएको थियो । 
नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखाका सभापति ऋषिराम  शर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी झिमरुक गाउँपालिका शिक्षा शाखा प्रमुख मोहन बिसी रहनु भएको थियो भने कार्यक्रमको संचालन नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखाका सचिव नारायण जिसीले गर्नु भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *