खलंगा सरोकार समुह मार्फत ३८ लाख सहयोग संकलन
लोकेन्द्र सुनार/प्यूठान जागरण डटकम
खलंगा सरोकार समुहले स्वास्थ्य उपचारका लागी अहिले सम्म ३८ लाख ५१ हजार ५ सय ४२ रुपैया संकलन गरी सहयोग गरेको छ । मल्लरानी गाउँपालिका ४ खंलगा निवासी समाजसेवी बसन्तलाल शाक्यको उपचारमा सहयोग संकलन गर्न बनाएको फेसबुक ग्रुपबाट असहले सम्म १८ जनाले उपचारका लागी सहयोग पाएको खलंगा सरोकार समुहका संयोजक मनोज कुमार श्रेष्ठले बताउनु भएको छ ।
एक अर्कालाई सहयोग जुटाउने, सामाजिक ज्वलन्त बिषयबस्तु वा उठाउन पर्ने विषयबस्तुको पैरवी, उत्पेरेणा जस्ता बिषयमा यस समुहले काम गर्ने गरेको छ । २०७७ साल कात्तिकबाट सुरु भएको अभियानलाई खंलगा सरोकार समुहको नाम दिई अन्य परोपकारी काम गदै जाने समुहका संयोजक मनोज कुमार श्रेष्ठले बताउनु भएको छ ।
हामीले मल्लरानी गाउँपालिकाको बिकास लगायतका अन्य काममा पुलको रुपमा काम गरेको छौ संयोजक श्रेष्ठले भन्नुभयो “मल्लरानी भित्रका संरचना बनाउन पेरेणादायी भूमिका खेलेका छौ”।
सहयोगी दाताहरुले स्वच्छिक रुपमा दिने सहयाेग सामाजिक समस्या, मानविय समस्यामा एकले अर्कालाई सहयोग संकलन गर्न खंलगा सरोकार समुहले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको पाइन्छ । सामाजिक संजाल मार्फत सकारात्मक र रचनात्मक काम गर्न सकिने उदाहरण खंलगा सरोकार समुहले गरेको छ ।