पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ
प्यूठान जागरण डटकम
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण लाई आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको छ । नेपाली कांग्रेसका शिर्षनेता बालकृष्ण खाण पक्राउ परेपछि नेपाली राजनितिमा हलभल मच्चिएको छ ।
पूर्वगृहमन्त्री समेत रहेका खाणलाई बुधबार बिहान निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । खाणसहित उहाँका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो । प्रहरीले त्यो अडियोमाथि पनि अनुसन्धान गरिरहेको जनाएको छ ।
सोही प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी फरार हुनु भएको छ । प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा विज्ञ इन्द्रजित राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे पनि पक्राउ पर्नु भएको छ । हिरासतमा तानिएका अभियुक्तहरूको बयानको आधारमा ठुला नेता हरु तानिएका छन ।