२०८०, २७ बैशाख बुधबार १४:१२

टोपबहादुर रायमाझीलाई पाटीबाट निलम्बन

प्यूठान जागरण डटकम
काठमाडौं, वैशाख २७ । नेकपा (एमाले) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ । महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति निकाल्दै रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी दिएका हो ।


अनुसन्धान कार्यमा सहयोग गर्ने भन्दै पाटीले सचिव पदबाट निलम्वन गरेको जनाएको छ । पाटी केन्द्रिय समितिले उहाँलाई सोधबुझका लागी बोलाएको तर सम्पर्कमा नआएको बताएको छ ।

उता फरार रहेका एमालेका सचिव टोपबहादुर रायमाझीले आफ्नो सामाजिक संजालबाट बिरामी भई अस्पतालमा उपचारार्थ रहेको उल्लेख गदै आजै बेलुका ५ः३० बजे प्रहरीकोमा उपस्थित हुने बताउनु भएको छ । रायमाझीले नक्कली शरणार्थी प्रकरणमा आफुलाई जोडर गरेको प्रचार गलत भएको बताउनु भयो । यदि दोषी ठहर भएमा सजाएको भागीदार हुने रायमाझीले उल्लेख गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *