२०८०, २७ बैशाख बुधबार १८:३७

अपांगता विषयक छलफल कार्यक्रम

प्यूठान जागरण डटकम
बैशाख २७ । अपांगता ऐन, नियम तथा अपांगता परिचय पत्रको सवालमा एक दिने अभिमुखीकरण कार्यक्रम खलंगामा सम्पन्न भएको छ । २०५० सालमा स्थापना भइ देश भर ४ सय ५० वटा संस्थाको छाता संगठनको रुपमा राष्ट्रिय अपांग महासंघ नेपाल रहेको केन्द्रिय सदस्य साबित्रा घिमिरेले बताउनु भयो । नेपाल सरकारको निति ऐनहरुलाई कार्यान्वय गराउन पहल गर्नुका साथै क्षमता अभिबृद्धिका काम संस्थाले गर्ने उहाँले बताउनु भएको थियो । घिमिरेले भन्नुभयो “हामी समबिकासका लागी पैरवीको काम गछौं” ।

प्यूठानमा जनप्रतिनिधि, सरोकारवाला, नागरिक समाज, पत्रकार बिच अपांगताका सवाल सम्वन्धि अभिमुखिकरण कार्यक्रम राष्ट्रिय अपांग सेवा संघ प्यूठानको आयोजना तथा राष्ट्रिय अपांग महासंघ नेपाल काठमाण्डौको सहयोगमा भएको राष्ट्रिय अपांग सेवा संघ प्यूठानका अध्यक्ष हुनाराम खडकाले बताउनु भएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर ६ लाख ४७ हजार ७ सय ४४ जना अपांगता भएका व्यक्ति छन् । राष्ट्रिय जनगणनामा सवै प्रकारका अपांगता भएका व्यक्ति समेटिन नसकेको बारे छलफल भएको थियो ।

मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले अपांगताको क्षेत्रमा मल्लरानी पालिकाले नियमित रुपमा काम गरिरहेको बताउनु भएको थियो । उहाँले अपांगताको क्षेत्रमा सचेतनामा मात्र जोड नदिएर आयआर्जन र जिविकोपार्जनमा काम गर्नुपर्ने धारणा राख्नु भएको थियो ।

राष्ट्रिय अपांग सेवा संघ प्यूठानका निवर्तमान अध्यक्ष जुमान सिह केसी र राष्ट्रिय अपांग महासंघका केन्द्रिय सदस्य सावित्रा घिमिरेले अभिमुखीकरण कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । राष्ट्रिय अपांग सेवा संघ प्यूठानका अध्यक्ष हुनाराम खड्काको अध्यक्षता, जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी.को प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र राउत क्षेत्रीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *