२०८०, २७ बैशाख बुधबार १९:३८

बिद्यालयका बालवालिकालाई सचेतना जगाउदै

लोकेन्द्र सुनार/प्यूठान जागरण डटकम
बैशाख २७ । यूवाहरुको सकृयतामा बिद्यालय स्तरमा बालवालिकालाई सचेतनामूलक कार्यक्रम गरिएको छ । प्यूठान, अर्घाखाँचीका केही बिद्यालयमा बालवालिकाहरुको आर्थिक, सामाजिक, नैतिक एंव उत्पेरेणा मूलक कुरामा ध्यान केन्द्रित गरी कार्यक्रम संचालन गरेको सफल युवा व्यवसायी लुम्बिनी विश्वशान्ति मञ्चका उपाध्यक्ष सन्तोष कुँवरले बताउनु भयो । उत्पेरेणा संगै बिद्याथी जिवनमा बालवालिकाहरुलाई केही सकारात्मक कुरा सिकाउन सकेमा समाज परिर्वतन हुने कुँवरले बताउनु भयो ।

शान्तिका प्रतिक मानिने बुद्धको बाणीलाई आत्मासाथ गदै अरु प्रति सदभाव राखी जातिय भेदभाव, महिला पुरुषबिच हुने बिभेद, धार्मिक भेदभाव सम्बन्धी कुरामा सचेतनामूलक अभियान सुरु गरिएको लुम्बिनि विश्वशान्ति मञ्चले जनाएको छ ।
प्यूठानको भूमिकास्थान आधारभूत बिद्यालय, अमृत जिवन माध्यामिक बिद्यालय, जनसहयोगी माबि खुङ्ग र अर्घाखाँचीमा सरस्वतीमाता माध्यामिक बिद्यालय, बिरेन्द्र शिक्षा क्याम्पस, देउराली प्राथमिक बिद्यालयमा अभियान अन्तरगत मोटिभेशन कार्यक्रम संचालक गरेको छ ।

प्यूठानमा बालवालिकाहरु पनि आत्माहत्या गरेको तथ्याङ्गले देखाएकाले आगामी दिनमा मनोसामाजिक परामर्शका कार्यक्रम संचालन गर्नुपर्ने आबस्यकता भएको संस्थाले जनाएको छ । कार्यक्रम प्रति अभिभावक, बिद्यार्थी, बुद्धिजिवीहरुको राम्रो सहयोग मिलेको अभियान संचालन गरेको लुम्बिनी विश्वशान्ति मञ्चले उल्लेख गरेको छ । लुम्बिनि बिश्वशान्ति मञ्चका अध्यक्ष बासु गौतम, उपाध्यक्ष सन्तोष कुवँर, सहकोषाध्यक्ष अर्जुन कुवँर लगायतका समाजसेवीहरुको सहभागीतामा कार्यक्रम संचालन भएको छ ।

यसै बिच सोही संस्था र रोटरी क्लव अफ कलंकीको सहकार्यमा रुख बिरुवा बढाउने, बृक्षारोपण गर्ने, १० लाख बिरुवा रोप्ने अभियान बनाएको लुम्बिनी बिश्व शान्ति मञ्चका अध्यक्ष बासु गौतमले प्यूठान जागरण डटकमलाई बताउनु भयो ।


अभियान काठमान्डौबाट संचालन गरी प्यूठान सम्म ल्याउन नेतृत्व गर्ने सफल यूवा व्यवसायी गौमुखी गाउँपालिका ७ नारिकोट हाल काठमान्डौमा व्यवसाय गदै आउनु भएका सन्तोष कुवँर हुनुहुन्छ । उहाँ लुम्बिनि बिश्वशान्ति मञ्चका उपाध्यक्ष हुनुहुन्छ भने रोटरी क्लव अफ कलंकीको सचिव हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *