२०८०, २९ बैशाख शुक्रबार २२:००

राष्ट्रिय जनमोर्चा प्यूठानको जिल्ला सम्मेलन सुरु

लोकेन्द्र सुनार प्यूठान जागरण डटकम
बैशाख, २९ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्यूठानको छैठौ जिल्ला सम्मेलनलाई सम्बोधन गदै राष्ट्रिय जनमोर्चाकी केन्दीय उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकी समाज्यबादीहरुको ढाडो हस्तक्षेपका बिरुद्ध नेकपा मसाल, राष्ट्रिय जनमोर्चाले मेचि महाकाली अभियानको थालनी गरेको उल्लेख गर्नु भएको छ । शुक्रबार खंलगामा भएको कार्यक्रममा पौडेलले अमेरिकाले भारतलाई प्रयोग गरेर आफ्नो हैकम नेपालमा पहिला जमाउन खाज्त्योभने अहिले आफ्नै पाटी निमार्ण गरी राजनैतिक गर्न खोजेको केही नँया दलतर्फ इङ्गत गदै आरोप लगाउनु भएको छ । एमसीसी परियोजना खारेज गर्न हामीले सदनदेखी सडक सम्म कैयो आवाज उठाएको तर अन्य दलहरु चुप लागेर पासगरेको इतिहास खोतल्दै गलत कुराको राजनितिक भण्डाफोर गरिने बताउनु भएको छ ।

राष्ट्रिय जनमोर्चा लुम्बिनि प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले दक्षिणपन्थिहरुले आफुलाई क्रान्तिकारी सम्झी प्राप्त भएको गणतन्त्रलाई समाप्त गरी दरबारलाई देशको शक्ति सुम्पन्न खोजेको बताउनु भएको छ । इतिहासको कालखण्डमा नेकपा मसाल, राजमोलाई राष्ट्रिय स्वाधिनताको बिषयमा कोही कतै नचुकेको बताउनु भएको छ । केही लोभीपापीहरु पद नपाएका कारणले गर्दा पाटी छाडने गरेको स्मरण गराउदै अनुशासित भएर संगठन निमार्ण गर्न कार्यकर्ता लाग्न आग्रह गर्नु भएको थियो ।

नेपालको इतिहासमा ठूला भनौदा पाटीका नेता सरकारका उपप्रधानमन्त्री तथा मन्त्रीहरु बिभिन्न भष्टाचारको अभियोग लाग्नु निकै दुख लाग्दो भएको नेकपा मसाल प्यूठानका प्रवक्ता ज्ञामुराम न्यौपानेले बताउनु भएको थियो । न्यौपानेले भन्नुभयो “राजनितक गर्नु भनेकोे जनताको जिवनस्तर माथी उठाउनु हो” । राष्ट्रिय जनमोर्चाको कार्यक्षेत्र बढाई जनता माझ कार्यक्रम बनाएर गाउँ गाउँमा लाग्नुपर्ने उहाँको भनाई थियो ।

जिल्ला सम्मेलनमा बोल्ने अधिकांस बक्ताहरुले यूवा, किसान मजदुर, बिद्यार्थी, महिला, आदिबासी जनजातीको संगठनलाई सकृय बनाउने कार्यक्रम तय गर्न पाटी नेतृत्वलाई सुझाव दिएका थिए । हिजोको नेकपा मसाललाई सम्झीएर पुन पाटी निर्माणमा लाग्नुपर्नेमा बोल्ने बक्ताहरुले जोड दिएका थिए ।

राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार सुरेश थापा, अखिल नेपाल व्यापार संघका कृष्णभक्त गिरी, जातिय समता समाजका केन्द्रिय सचिव अइन्द्र बि.क, अखिल नेपाल जनजाती सम्मेलनका महासंचिव अमरध्वज राना मगर, अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष पदमा पण्डित, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौका केन्द्रिय सदस्य चोप बहादुर बिक, रक्तिम साँस्कृतिक अभियानका केन्द्रिय सदस्य जगत बि.क, अखिल नेपाल शिक्षक संघका केन्द्रिय महासचिव चक्रपाणी पौडेल, अन्टुकका जिल्ला अध्यक्ष सुरेश श्रेष्ठ, अखिल भारत नेपाली एकता समाजका खगेश्वर सुनार लगायतका बक्ताहरुले छैठौ जिल्ला सम्मेलनलाई शुभकामना मन्तव्य राख्नुभएको थियो ।

राष्ट्रिय जनमोर्चाकी केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलले उद्घाटन गर्नु भएको कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोचा प्यूठानका अध्यक्ष कृष्ण बहादुर खडकाको रहेको थियो भने संचालन सचिव बिदुर मल्लले गर्नु भएको थियो । कार्यक्रम शुक्रबार र शनिबार सम्म चल्ने आयोजकले जनाएको छ । जिल्ला सम्मेलनले नँया नेतृत्व चयन गर्ने पनि उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *