बुवा आमा भएपनि बालवालिकाको पढाइमा समस्या

लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
जेठ २ । गौमुखी गाउँपालिका ४ बाग्लिवाङ्गका श्याम बहादुर सुनार उपचार अभावमा ओछ्यानमै दिसा पिसाब गर्ने गर्दछन । २०७८ सालमा भारतको सिम्लामा रोजगारीको शिलशिलामा गएका सुनारले स्याउ टिप्ने काममा लागेका थिए । स्याउ टिप्नेक्रममा ठुलो हाँगा भाचिए पछि रुखबाट लडेका उनको मेरुदण्ड भाचिएको थियो । २०७३ सालमा बुवा आमा पहिरोले गर्दा गाँउमा गुमाएका सुनारले बालबच्चा श्रीमती सहित साहुको ऋण तिर्ने सोचका साथ रोजगारीका लागी २०७७ सालमा भारत पसेका थिए ।
आफ्नो देशमा केही काम नपाए पछि ऋण लागेको थियो बावा आमा गुमाएको पिडा अर्को तिर थियो उनले भने । मेरो परिवारलाई खुसी पार्ने सपना स्याउको रुखले खोसिदियो । यस्तो भएर बाच्नुभन्दा मर्न बेस सुनारले गहभरी आसु लिदै भने के कर्म लिएर जन्मेको रैछु । शरिरको तल्लो हर नचल्ने भएका ३३ बर्षिय श्याम घरमै थला परिरहेका छन् । कहिले काही घर बाहिर श्रीमती र अन्यको साहारामा बाहिर निस्कने उनी घर भित्र अध्यारो कोठाको खाटमा सुतिरहेका हुन्छनन् ।
उपचारका लागी भन्दा पनि घर खर्च चलाउन गाह्रो भयो सुनार बताउछन । बालबच्चालाई खाने, लाउने, पढानको लागी सबैले पहल गरीदिन उनले आग्रह गरे । बुवा आमा छदाको ४ लाख ऋण तिर्न बाकी छ भने अहिले सम्मको ऋण करिब ६, ७ लाख ऋण तिर्न नसकेकाले पुन साहुले ऋण पनि दिदैनन् आखाँभरी आसु लिदै सुनारले भने ३ वटा बालवच्चा कसरी पाल्ने पढाइलेखाइ कसरी गराउने भन्नेकुराले पिरोलिरहने बताए ।
शरिरको तल्लोहर चल्दैन हिडडुल गर्न नसकिने भएकाले ओछ्यानमै दिसा पिसाब गर्छु सुनारले भने । प्यूठान जागरण संग कुरा गदै सुनारले खेतबारी छैन, साना बालबच्चालाई दैनिक खाने चामल तेल पनि जुटाउन श्रीमतिलाई गाह्रो भयो अब के गर्ने होला भन्नेकुराले पिडा दिन्छ ।
पुँजा बाग्लिवाङ्ग दलित बस्तिको जंगलको शिर उनको घर छ । श्रीमतीले श्रीमान ओछ्यान मै दिसापिसाव गर्नुहुन्छ उहाँको स्याहार सुसारमा मेरा दिन जान्छन खेतपाती गर्ने जग्गा छैन, गाउँमा ऋण पाइदैन बालबच्चा कसरी हुर्काउ उनी आखाँभरी आसुलिदै भक्कानिएर बोल्न गाह्रो भयो ।
सरकारले ख बर्गको अपाङ्गता काड बनाएर मासिक २ हजार दिने गर्छ त्यो रकमले उपचार, खानेखर्च, बच्चाहरुको पढाइखर्च पु¥याउन सकिएन आर्थिक मन्दि छ दैनिक खानेखर्च जुटाउन मुस्किल भयो श्यामकी श्रीमती केशरी सुनारले बताउनु भयो ।
साना बालवालिकाहरु पढेर ठुलो मान्छे भए पछि आर्मी हुने रहन भएको साना छोरा संगम सुनारले बताए । सुनारका १० बर्षिय छोरी, ७ बर्षिय जेठो छोरा, ६ बर्षिय कान्छो छोरा छन् । घरमा साह्रै नै समस्या भएर सहयोगका लागी बिलौना गरेको श्याम सुनारले बताउनु भयो । सहयोग गर्न चाहानुहुनेले निम्न खातामा सहयोग गर्न सकिनेछ ।