२०८०, ४ जेष्ठ बिहीबार १८:३९

स्थानीय पाठ्यक्रम निर्माण गदै झिमरुक गाउँपालिका

लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम

प्यूठान । जनताको नजिकको सरकार स्थानीय तहले आफ्नो पाठ्यक्रम बनाउने काम भै रहेका बेला प्यूठानको झिमरुक गाउँपालिकाले पनि एक कार्यक्रमको आयोजना गरि काम अगाडी बढाएको छ । बुधबार गाउँपालिकाको सभाहलमा स्थानीय आवश्यकताको आधारमा विषयहरु समावेश गरि आगामि शैक्षिक सत्रबाट कक्षा एकदेखि आठसम्म पाठ्यक्रम लागू हुने गरि तयारी गर्न गाउँपालिकाले कार्यक्रम आह्वाहन गरेको थियो ।

झिमरुक गाउपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले शिक्षाको विकास बिना अन्य विकास सम्भव नहुने भन्दै शिक्षामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नु भएको थियो । अध्यक्ष एमसीले शिक्षाको विकास र शैक्षिक गुणस्तर कायम गर्न सबै क्षेत्रको सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो । शिक्षा समाज परिवर्तनको मुख्य अङ्ग भएकाले शिक्षा निति र पाठ्यक्रम योजना सरोकारवाला संग छलफल गरि सुजबुझका साथ बनाउने उहाँको तर्क थियो ।

गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले हाम्रो झिमरुक राम्रो झिमरुक बनाउने गरि अगाडि बड्नुपर्ने बताउनुभयो । “जल जमिन जङ्गल लाई महत्व दिएर पाठ्यक्रम निर्माण गर्न जोड दिनुपर्ने प्रोख्रेलको भनाई रहेको थियो । पोख्रेलले भन्नुभयो, “स्थानीय स्रोत साधनको उचित प्रयोग गरेर पाठ्यक्रम बनाउनुपर्छ ।”

गाउँपालिकाका निवर्तमान अध्यक्ष तिलक बहादुर जिसीले सबैको सक्रिय सहभागिता भएको भन्दै स्थानीय पाठ्यक्रम झिमरुकमा सुहाउँदो हुनुपर्ने बताउनुभयो । आफु अध्यक्ष हुँदा शिक्षा क्षेत्रमा दिल खोलेर काम गर्नुका साथै शिक्षालाई प्रमुम प्राथमिकतामा राखि काम गरेको प्यूठान जागरण डटकमसंग कुरा गदै बताउनु भएको छ । जिसीले व्यवहारिक शिक्षा, प्रबिधिमैत्री शिक्षा, तथा आधुनिक शिक्षामा सबैले ध्यान दिन आग्रह गर्नु भएको छ ।

गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गाउँपालिका शिक्षा शाखा प्रमुख मोहन बिसीले गर्नु भएको थियो । स्थानीय ऐतिहासिक, धार्मिक, प्राकृति स्थलहरु, भाषा, संस्कृति, कलाहरुलाई स्थानीय पाठ्यक्रममा समाबेश गर्न सहभागीहरुले सुझाव राखेका थिए । स्थानीय तहको बिकास गर्न गाउँपालिकाले केही समय पहिला बिषयबिज्ञ सहितको झिमरुकलाई बिकास गर्ने संभावना चुनौतीका बारेमा गोष्ठि आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *