पितृको संम्झनामा झाकृस्थानमा संरचना निमार्ण
प्यूठान जागरण डटकम
जेठ २१ । स्वर्गीय पिता माताको सम्झनामा झाकृस्थानमा पिकनिक स्पोट निमार्ण भएको छ । बुवा स्वर्गीय रण बहादुर शाह र आमा स्वर्गीय मन कुमारी शाहको सम्झनामा करिब २ लाख ५० हजार लगानीमा उहाँका छोरा चन्द्र शाहले प्रतिक्षालय निर्माण गर्नुभएको छ ।
पितृको लागी केही गरौ भन्ने उद्धेश्य लिएर पर्यटकिय क्षेत्र झाक्रिस्थानमा मानिसका लागि बस्न तथा ओत सहितको प्रतिक्षालय निमार्ण भएको निमार्णकर्ता चन्द्र शाहले जानकारी दिनुभयो ।
मल्लरानी गाउँपालिका –४ बूढाचौर, भन्ज्याङ प्युठान हाल तुलसीपुर–८ दाङमा स्थायी रुपमा बसोबास गर्दै आउनुभएका स्वर्गीय रण बहादुर शाहका छोरा चन्द्र शाहले आमा बुवाको स्मृतिमा झाक्रिस्थान मन्दिरमा केही काम गर्न पहिला देखी इच्छुक रहेको थिए काम सम्पन्न भयो खुसी छु शाहले भन्नुभयो । आमा बुवाको नाममा सामाजिक काम गर्ने लामो समय देखिको इच्छा पूरा भएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिईरहने उहाँले बताउनु भयो ।
आमा मन कुमारी ०७१ सालसा ६७ वर्ष र बुवा रण बहादुरको २०७३ सालमा ७५ वर्षको उमेरमा निधन भएको थियो । संरचना गाउँपालिका लाई हस्तान्तरण गर्ने तयारी भएको उहाँले बताउनु भएको छ । निर्माण कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नु भएका शाहले धन्यबाद प्रकट गर्नु भएको छ ।