२०८०, २४ जेष्ठ बुधबार १८:३७

झिमरुकमा कर्मचारी माथि बिद्यार्थी नेताले गरे हातपात

प्यूठान जागरण डटकम
जेठ २४ । प्यूठानको झिमरुक गाउँपालिकाका कर्मचारीलाई बिद्यार्थी नेता मिलन एमसीले हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले बताउनु भएको छ ।

रकम भुक्तानिका लागि आएका एमसीले जबरजस्त योजनाको भुक्तानिको माग गर्दा विबाद भएकाले योजना शाखाका रोजगार सहायक कर्मचारीलाई सुरुमा हातपात गरेको थिए । उनले आफुलाई हातपात गरेपछि जोगिन प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेका थिए ।

हातपात गर्ने ब्यक्ति झिमरुक गाँउपालिकाका अध्यक्ष पित बहादुर महतराका छोरा अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष मिलन एमसी रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुबास रिजालले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृतलाई पनि धम्की दिएको कर्मचारी स्रोतले जनाएको छ । जिसीलाई हातपात गरे पछि कर्मचारीको गाउँपालिकामा बैठक बसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *