२०८०, २४ जेष्ठ बुधबार १९:१७

झिमरुकका कर्मचारीद्धारा कार्वाहीको माग गदै खेद विज्ञप्ति

प्यूठान जागरण डटकम
जेठ २४ । झिमरुक गाउँपालिका ३ पिपला रुख हुदै पधेरापात्ला मोटर बाटो योजनाको बिषयलाई लिई योजना शाखामा कार्यरत कर्मचारी दिपक जिसीलाई गाउँपालिका अध्यक्षको छोरा मिलन एमसीले हातपात गरि दुर्वव्यबहार गरेको झिमरुक गाउँपालिकाका कर्मचारीले निकालेको सयुक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा भनिएको छ अपशब्दबोली आपत्तिजनक भाषा प्रयोग गदै कर्मचारीलाई हातपात गरेको प्रति कर्मचारीले गाउँपालिका तथा वडामा हुने अत्यावस्यक स्वास्थ्य सेवा बाहेक अन्य काम बन्द गरि दोषि माथी कडा कानूनी कावार्हीको माग गर्दछौ ।

एमसीले म प्रधानमन्त्री भएको पाटीको बिद्यार्थी नेता हु मैले भनेको नमान्ने भनि कर्मचारीलाई हातपात गरि दुब्यवहार गरेको उल्लेख गरिएको छ । सोही अबस्थामा कर्मचारीको सुरक्षाको माग गदै गाउँपालिमा कार्यरत सबै कर्मचारीले बिज्ञप्तिमा हस्ताक्षर गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *