दलितले उत्पादन गरेको दुध डेरि उद्योगले लिन मानेनन्

लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
जेठ २५ । प्यूठानका दलितहरुले उत्पादन गरेको दुध डेरि उद्योगले लिन नमानेको उजुरी राष्ट्रिय दलित आयोगमा परेको छ । दलित किशानहरुले बल्लतल्ल पालेर उत्पादन गरेको दुध प्यूठानका डेरि उद्योगले विभिन्न बाहानामा नराखे पछि उनीहरुको पेशा संकटमा परेको छ ।
आर्थिक जीविकोपार्जनका लागि भैसी पालि दुध उत्पादन गरे पनि दुध डेरि उद्योगले नलिए पछि उनीहरुको समस्या राष्ट्रिय दलित आयोग सम्म पुगेको छ । जातीयताकै कारण दुध बिक्री नहुदा अहिले दलित किशानहरु आन्दोलित भएका छन ।
सोही बिषयलाई दिएर बिहिबार प्यूठान नगरपालिकाको सभाहलमा भएको एक छलफल कार्यक्रममा प्यूठान नगरपालिका ४ टारीकी साबित्रा बिकले दुध बिक्री नभएपछि २ पाथि दुध दिने भैसी बेच्नु परेको बताउनु भएको थियो । घर सल्लाह गरि कृषि व्यवसायका लागि केही भैसी पालियो तर उत्पादन गरेको दुध प्यूठानका डेरि उद्योगले लिन मानेनन् । साबित्रा बिक भन्छिन् दुध बिक्री नभएकै कारण भैसी बेच्नुपर्ने अबस्था आयो घरमा उल्टो ऋण लाग्यो जसका कारण श्रीमान रोजगारीका लागी भारत जान बाध्य हुनुभयो । नेपालमा जात ब्यबस्थाको समस्याले दलित किशानहरु टिक्न नसक्ने बिकले बताउनु भएको छ । देशमा केही कृषि व्यवसाय गरौभन्दा सहजवातावरण नहुँदा आफुहरु निराश भएको उनि बताउछिन ।
यस्तै पिडा प्यूठान नगरपालिका २ की बिन्द सुनार शर्माले म सुनार हु तर शर्मा संग बिवाह गरे अहिले बाह्रमणले मलाई दलित भन्छनन् । समस्यामा परे उनी भन्छिन् मेरो छोरा बिपुल शर्मा हो तर उसलाई पनि दलित नै भनि व्यवहार गर्छन मेरो पिडा कस्ले बुझ्ने । जनयुद्धकालमा भएका कतिपय माओबादीका अन्तरजातिय विबाहहरु समस्यामा परेको उनले खुलेरै बताइन् । यस्ता समस्या दिनहुजसो बढेको उनको भनाई छ ।
पछिल्लो समय उमेरका कारण कतै बिदेश जान पाइदै नेपाल मै केही गर्न सकिन्छकी भनि बिन्दु भन्छिन हामी श्रीमान श्रीमति मिलेर कृषि व्यवसायमा लाग्योँ । भैसी पालन गरि रहेका थियोँ । दुध उत्पादन हुन थाल्यो अब बजारमा बेची आम्दानी गर्नुपर्छ भन्ने टुङगोमा पुगियोँ । एकदिन दुध बेच्नको लागी सुबिक्षा डेरि जुम्रीमा गए तर दलित भएकै कारण मेरो दुध त्यहाँ राख्नुभएन । ३, ४ वटा भैसी पालेकि छु अहिले डेरी उद्योगले दुध नलिए पछि घर घरमा दुध बेच्दै मेरो श्रीमान हिडनु हिड्नु हुन्छ । हामी दलित किशानको समस्या कस्ले बुझ्ने । हामी अन्यायमा छौ दलित आयोग र स्थानीय तहले समस्याको समाधान गर्न आग्रह समेत गरिन । बिन्दु आक्रोशित हुदै भन्छिनन् यदि यो समस्या हल नभए डेरि उद्योग नै बन्द गर्नुपर्ने माग गरिन् ।
दलितको दुध डेरिले नलिएको बिषयमा भएको छलफल कार्यक्रममा दलित किशानहरु कल्पना सुनार, हरि बहादुर बि.कले कृषि कर्मपनि गरिखाने वाताबरण नुहँदा दलित देशबाट पलाएन भई अन्य मुलुक जानुपर्ने बाध्यता दर्शाएका थिए ।
उता डेरि उद्योगले भने २, ३ महिना मात्र दुध ल्याउन खोज्ने भएकाले बर्षभरी दुध ल्याउने ग्राहकको दुध राखिएको रेडिमेट जवाफ दिएका छन् । जिल्लामा प्राप्त दुध उत्पादन नहुँदा जिल्ला बाहिरबाट दुध ल्याएर बेचेका छौं सुबिक्षा डेरि उद्योगका संचालक दिल बहादुर धामीले बताए । राष्ट्रिय दलित आयोगका अध्यक्ष उपस्थित रहेको छलफल कार्यक्रममा धामिले निरन्तर दुध लिएमा राखिदिने बताएका थिए ।
प्यूठानका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले कार्यक्रममा दलितका समस्या भएकाले समाधान गर्न आफु लाग्नु बताउनु भएको थियो । समाजका जात ब्यबस्थाले लामो समय जडा गाडेकाले कुंस्कारको जालो तोड्न सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।
प्यूठान नगरपालिकाका प्रमुख बिष्णु योगीले दलितका समस्या सबैको साझा ठानी छुवाछुत अन्य गर्न सबै पक्षको दायित्व रहेको उल्लेख समेत गरे । प्रमुख योगीले दलित समुदायको हक हित अधिकारको क्षेत्रमा काम गर्न सदैव तत्पर रहेको प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित भएकाले दुध लिन अनाकानी गर्ने उद्योग वा संचालक जो कोहीलाई पनि कानूनले नछोडने बताएका थिए । स्थानीय स्तरका समस्या स्थानीय तहले पनि समन्वय गरि दलितका समस्या हल गर्न सुझाएका थिए । अध्यक्ष बिश्वकर्माले भने हक अधिकार प्राप्तिका लागि एकतावद्ध भएर लगौँ । कानूनी व्यवस्था हुदाँहुदै पनि दलितहरु व्यवहारिक तहमा जातीय छुवाछुतको पिडादायि समस्या भोग्नुपरेको स्मरण गराए । स्थानीय तहले आगामी नीतिकार्यक्रम तथा बजेटमा दलित समुदायको हक हित, सशक्तिकरणका क्षेत्र लाई प्राथमिकतामा राख्न आग्रह समेत गरेका थिए ।
सयुक्त राजनैतिक दलित संघर्ष समिति प्यूठानका अध्यक्ष गोपाल विश्वकर्माको अध्यक्षतामा भएको छलफल अन्तरक्रिया कार्यक्रममाको स्वागत मन्तव्य दलित अधिकारकर्मी गौरी बिकको थियो । अधिकारकर्मी, सरोकारवाला निकाय, पत्रकार, किशान, डेरि उद्योगीहरुको सहभागीतामा कार्यक्रम भएको हो ।