जातीय भेदभाव सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
प्यूठान जागरण डटकम
असार १८ । झिमरुक गाउँपालिका २ नम्बर वडामा एक दिने दलित शसक्तिकरण सम्बन्धी तालिम सम्पन्न भएको छ । वडाको आर्थिक बर्ष २०७९।८० को स्वीकृत कार्यक्रमबाट जातीय भेदभाव तथा छुवाछुतको अबस्था, कानूनी व्यवस्था, आरक्षण, दलितलाई दिइने सेवा सुबिधा र समग्र जात ब्यवस्थाबारे जिल्ला समन्वय समिति प्यूठानका सदस्य रेकम सिह रसाइली, राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा प्यूठानका अध्यक्ष लोकेन्द्र सुनार, दलित अधिकारकर्मी बावुराम बिश्वकर्मा लगायतले प्रशिक्षण दिएका थिए ।
नेपालको जात ब्यवस्थामा केही परिवर्तन आए पनि २१ औं सताब्दीमा दलितको अबस्था सन्तोकजनक सुधार नभएको कुरा उल्लेख गदै दलितहरु आनीबानी परिवर्तन संगै समाज रुपान्तरणमा लाग्न प्रशिक्षकहरुले जोड दिएका थिए । कार्यक्रममा वडा अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले आफुले कुनै पनि ठाउँमा भेदभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको थियो । नेपाल सरकारले कानून नै निमार्ण गरेकाले जातीय भेदभाव दण्डनिय भएको बताउनु भएको थियो । कार्यक्रममा वडा सदस्य गिता महतारा, दलित महिला सदस्य ज्योती सामत, बेगम पोख्रेल, शेर बहादुर खडकाको पनि उपस्थित रहेको थियो ।
आर्थिक वर्ष २०७९।०८० को ४० हजार.बजेटबाट कार्यक्रम गरिएको वडा अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रममा वडाका वडा अध्यक्ष कृष्ण प्रसाद पोख्रेलको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका सदस्य रेकम सिह रसाली रहनु भएको थियो । झिमरुक गाउँपालिका वडा नम्बर २ को आयोजनमा भएको कार्यक्रममा ८० जनाको सहभागीता रहेको थियो ।