२०८०, ३१ असार आईतवार ०९:२०

मल्लरानीमा भगवतीको मन्दिर शिल्यान्यास

लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम

असार ३१ । प्यूठानको मल्लरानी डाँडामा भगवतीको मन्दिर शिल्यान्यास भएको छ । प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रका अध्यक्ष बासु प्रसाद श्रेष्ठले आफ्ना पितृको सम्झनामा पर्यटकिय क्षेत्र मल्लरानी डाँडामा उक्त मन्दिर बनाउनु लागेको बताउनु भएको छ ।

पर्यटकीय संभावना बोकेको मल्लरानीमा मानिसहरु घुम्न आउने तर त्यहाँ अन्य गतिबिधिहरु बढाउन मैले मन्दिर निमार्ण गर्न लागेको हु व्यवसायी बासु प्रसाद श्रेष्ठले बताउनु भयो ।

स्थानीय तह र निजि क्षेत्रबाट संरचनाहरु बनाउदै मल्लरानी डाँडालाई बाउन्डी गर्न सकेको पर्यटनको ढोका खोलिने उहाँ बताउनु हुन्छ । ३ महिना भित्रमा मन्दिर बनाइसक्ने योजना रहेको श्रेष्ठले बताउनु भयो ।

शनिवार मल्लरानी डाँडामा एक कार्यक्रमको आयोजना गरि मन्दिर शिल्यान्यास गरिएको हो । कार्यक्रममा खंलगा पदयात्री गु्रप, समाजसेबी, स्थानीय, पत्रकार नागरिक समाज लगायतको उपस्थित रहेको थियो । मन्दिर निमार्ण गर्न करिब १० देखी १२ लाख सम्म खर्च हुने अनुमान गरिएको छ ।

मल्लरानीमा साना तथा ठूला संरचना निजि क्षेत्रबाट निमार्ण गदै जादा थप आकर्षण हुदै गएको स्थानीयहरुले बताएका छन । सुन्दर पर्यटकीय क्षेत्रलाई सरकारले बजेट ब्यवस्थापन गरि संरचनाहरुलाई संरक्षित गर्न आबस्यक रहेको स्थानीयहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *