नेता ज्यु ! हजुरको त, अनुहार नै कालो देख्छु : गजल

लाेकेन्द्र जि सी
गजल
नेता ज्यु ! हजुरको त, अनुहार नै कालो देख्छु,
तल देखि माथि सम्म, भ्रस्टाचारको जालो देख्छु ।
क्विन्टल क्विन्टल सुन खान्छन, ठुला बडा माथितिर,
भोकै मरोस गरीबले, घरमा रित्तो डालो देख्छु ।
कहिले ढाडे पिरालो आउँछ, कहिले काली बिराली,
झुक्याएर तर चोर्न, आउँछन आलोपालो देख्छु ।
झन्डा बोकि नारा लाउँछ, गोली खान्छ कार्यकर्ता,
नियुक्तिमा नेता ज्युको,छोरा, भान्जा,सालो देख्छु ।
गर्दै जाउ एमसीसी र नानाथरी, सम्झौताहरु,
गराउंदैछौ दुर्घटना, अगाडी त भड्खालो देख्छु ।
बिकास र समृद्धिले, शिखर चढ्छ देश कहिले ?
जहिले हेर्छु अर्थतन्त्र, सधै सधै ओरालो देख्छु ।